arrow

भारतका प्रधानमन्त्री मोदी काठमाडौंमा

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
modi-ktm.jpg

काठमाडौं। नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलाई स्वागत गरे।

काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ। काठमाडौँ महानगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्नेछ। 

भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट धनुषाको जनकपुरका कार्यक्रम सकेर पूर्व निर्धारित समयभन्दा करीब दुई घण्टापछि काठमाडौँ आएका हुन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ