नेपाल महिला संघको कार्यसमिती बिस्तार, उमाले क कस्लाई गरिन मनोनित?
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
329
Shares
काठमाडौं। नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको शुक्रवार केन्द्रिय कार्यसमिती बिस्तार भएको छ। संघकी अध्यक्ष उमा रेग्मीले हस्त लिखित विज्ञप्ती जारी गर्दै संघको उपाध्यक्षमा सरस्वती अर्याल तिवारी र सचिवमा उषा रावल मिश्रलाई मनोनयन गरिएको जानकारी दिएकी हुन्।
त्यसैगरी संघको महाधिबेशन प्रतिनिधिहरु मध्येबाट चितवनकी छली कुमारी शर्मा उपाध्याय, बाँकेकी कमला भट्ट, भक्त्तपुरकी गंगा अवाल, बाराकी नारायणरी रायमाझी र सर्लाहीकी मैया बस्नेतलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।
संघको महाधिवेशन भएको लामो समयपछि अध्यक्ष रेग्मीले कार्यसमिति विस्तार गरेकी हुन्। संघसँगै अधिवेशन भएका काँग्रेसका अन्य भातृ संगठनहरुले भने अहिले समम पनि पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्न सकेका छैनन् । पार्टीकै केन्द्रिय पदाधिकारी पनि केही दिन अगाडी मात्रै विवादका बीच मनोनयन गरिएको छ।