arrow

मलेसियाका प्रधानमन्त्री महाथिरको मन्त्रिमण्डल विस्तार

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
mahathi-cabinet.jpg

क्वालालम्पुर। बिहीबार नियुक्ति हुनुभएका मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका छन्। उनले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएका हुन्। उनले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली हिजो नै दिएको र शुक्रबार उक्त मन्त्रिमण्डलमा विस्तार गरेको हो।

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री माहाथिरले अर्थ, गृह, शिक्षा, बहुसञ्चार, बिज्ञान र सार्वजनिक सडक मन्त्रीको नाम पेश गरेका थिए। शुक्रबार मन्त्रिमण्डलमा विस्तार गरिने उनले जानकारी दिए।

आफूले ठूलो संख्याको मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने तत्काल आवश्यकता भएकोले तत्कालै विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताए। यस अघिका प्रधानमन्त्री नजिक रजाकको सरकारमा धेरै मन्त्रीहरु रहेका तथा भ्रष्टाचार बढेको भन्दै निकै आलोचना भएको थियो।

आफूले चुस्त सरकार निर्माण गर्ने र पारदर्शिता र सुशासन कायम गर्ने जानकारी प्रधानमन्त्री महाथिरले सो पत्रकार सम्मेलनमा जानकारी दिएका थिए। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ