arrow

भारतीय प्रधानमन्त्रीलाई सम्मान 'गार्ड अफ अनर'

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
guard-of-owner-modi.jpg

काठमाडौं। नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारद(गार्ड अफ अनर) प्रस्तुत गरेको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्मान गारदका साथ १९ तोपको सलामीसमेत दिइएको थियो। विशिष्ट अतिथिको सम्मानमा सम्मान गारद प्रस्तुत गर्ने प्रचलन छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च पुग्दा स्वागत गरेका थिए। सैनिक मञ्चमा सम्मान गारदबाट सम्मानित हुने विशिष्ट पाहुनामा भारतका प्रधानमन्त्री मोदी दोस्रो व्यक्ति हुन्। यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहीद अब्बासी खकानको सम्मानमा पनि नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा सम्मान गारद प्रस्तुत गरेको थियो। समारोहमा मन्त्रिपरिषद्का सदस्यका साथै प्रधानसेनापतिको पनि उपस्थिति थिए। नेपालको दुईदिने भ्रमणका क्रममा भारतका प्रधानमन्त्री मोदी आज अपराह्न यहाँ आइपुगेका हुन। यसअघि जनकपुरमा आयोजित विशेष समारोहमा नेपाल सरकारका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरलले उनलाई स्वागत गरेका थिए।

प्रधानमन्त्री मोदीको सम्मानमा प्रदेश नं २ को राजधानी जनकपुरमा आज नागरिक अभिनन्दनसमेत भएको थियो। त्यसअघि उनले रामजानकी मन्दिरमा विशेष पूजार्चना गरेका थिए। विशेष विमानमा सवार भएर जनकपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि त्यहाँस्थित अतिविशिष्ट कक्षमा प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरेका थिए। सम्मान गारदलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनसँग उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भारतीय प्रधानमन्त्रीले शिष्टाचार भेटवार्ता गरेका छन। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ