पाकिस्तानद्वारा अमेरिकी कुटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध : विदेश मन्त्रालय
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
573
Shares
इश्लामावाद, पाकिस्तान। अमेरिकी कुटनीतिज्ञलाई पाकिस्तान भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ। अमेरिकाले पनि पाकिस्तानमाथि यसै प्रकारको प्रतिबन्धको घोषणा गरिसकेको छ।
पाकिस्तान र अमेरिकाबीच एक अर्काका कुटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध लगाउने अवस्थाको शुरूवात पाकिस्तानका लागि अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हलद्वारा चलाएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको मृत्युका कारण भएको हो। हल अमेरिकी राजदूतावासका रक्षा तथा वायुसेनासँग आवद्धता रहेका अधिकारी हुन्।
पाकिस्तानले बिहीबार आफ्ना अमेरिकामा रहेका कुटनीतिज्ञमाथि यही मे ११ देखि लागु हुनेगरी यात्रा गर्न प्रतिबन्ध लगाइएको पुष्टि गरेको थियो। अमेरिकाले पहिले मे १ बाट लागु हुनेगरी पाकिस्तानमाथि प्रतिबन्ध लगाउने योजना ल्याउन लागेकोमा यसलाई १० दिन पछि सारेको थियो।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसललाई के कुटनीतिज्ञमाथि यात्रामा लगाइएको प्रतिबन्ध शनिबारदेखि नै लागु हुनेछन् भनी गरिएको प्रश्नमा भने, “यात्रमा प्रतिबन्ध मे ११ देखि नै लागु गरिने छ। तर यस बिषयको समाधानका लागि दुबै पक्षबीच वार्ता भइरहेका छन्।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इश्लामावादमाथि गत जनवरीमा आतङ्कवाद नियन्त्रण गर्ने प्रतिवद्धता विपरीत आतङ्कवाद नियन्त्रणमा आवश्यक सहयोग नगरेको बताएका थिए। पछि वासिङ्टनबाट पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्का भएको थियो। रासस-सिन्ह्वा