मोदी विरुद्ध बोलेकी युरोपियन युनियनकी राजदुतले किन टेकिन घुँडा?
कुटनीतिक मर्यादा उलंघन गरेको आरोप
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
914
Shares
काठमाडौं। नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेकी बंगलादेशका लागि युरोपियन युनियनकी राजदुत रिन्से तेरिंकलाई महंगो परेको छ। युरोपियन युनियनका लागि बंगलादेशकी राजदूत तेरिंकलाई भारतले तीन वर्ष अगाडि गरेको नाकाबन्दी अपराध भएको उल्लेख गरेर सामाजिक सञ्जालमा गरेको टिप्पणी महङगो परेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तयारी गरिहँदा नेपालमा स्वतस्फूर्त रुपमा सुरु भएको ‘ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी’ प्रति समर्थन जनाउँदै ट्विट गरेकी राजदुत तेरिंक आफ्नो भनाइमा लामो समय टिक्न नसक्दा उनले घुँडा टेक्नु परेको देखिएको हो।
‘यस्ता तस्विरहरु र्बिसन कठिन छ’, भारतले नाकाबन्दी लगाएपछि पेट्रोल अभाव हुँदा लाइन लागेका सवारी साधनको तस्विर राख्दै उनले ट्वीटरमा ‘ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी’ समेत लेखेकी थिइन ।
भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा तेरिंक नेपालका लागि युरोपियन युनियनकी राजदूत थिइन्। हाल वंगलादेशमा रहेकी उनले सोहि बेलाको प्रसङग नेपालमा अहिले ट्वीटर ट्रेन्ड नै चलेपछि आफ्नो टिप्पणी लेखेकी थिएन। तर उनले त्यसमा टिक्न नसकेर घुँडा टेक्न वाध्य भएकी हुन्। केहि समय आफ्नो प्रतिक्रिया राखेपछि नेपालबाट ट्वीटर प्रयोगकर्ताहरुले उनलाई धन्यवाद व्यक्त गरेपनि कुटनीतिक वृत्तमा त्यसलाई आक्रामक रुपमा हेरिएको बुझिएको छ।
सामाजिक सञ्जालमा मोदीको प्रभाव राम्रो भएपनि नेपालमा मोदी विरोधी गतिविधी टाउको दुखाइ भइरहँदा भारतीय कुटनीतिक वृत्तले यसलाई कुटनीतिक मर्यादा उलंघनको रुपमा लिइ सम्वन्धित निकायमा जानकारी गराएपछि युरोपियन युनियनले त्यसलाई करेक्सन गर्न उनलाई निर्देशन दिएको बुझिएको छ।
भारतीय कुटनीतिक दवाव पछि युरोपियन युनियनले दिएको निर्देर्शन पालना गर्दै राजदुत तेरिंकले आफ्नो पुरानो ट्वीटर मेटेर त्यसबाट बच्ने नयाँ उपाय निकालेकी छन्। यसका लागि उनले आफ्नो ट्वीटर ह्यान्डल ह्याक भएको भन्दै ट्वीट मात्र गरिनन् र त्यसलाई पीन पनि गरेर राखिन। आफ्नो भेरिफाइड ट्वीटर ह्यान्डलमा उनले मोदी विरोधी अभिव्यक्ती दिएपनि केहि समय पनि नटिक्ने उनको अभिव्यक्ति एकातिर कुटनीतिक मर्यादाको विषयको रुपमा चर्चामा रह्यो भने अर्कोतिर उनले नेपालीहरुसँग भावनात्मक रुपमा नजिक भएको देखाएपनि त्यसले केटाकेटी पाराको अभिव्यक्तिको रुपमा मात्र चर्चा पायो।
२०७२ असोज ३ गते जननिर्वाचित संविधान सभाले संविधान जारी गरेकोमा असन्तुष्टि जनाएको भारतले नेपालमाथि करिब ६ महिना अघोषित नाकाबन्दी गरेको थियो। त्यसको विरोधमा नेपाली सामाजिक सञ्जालका प्रयोगकर्ताहरु सामाजिक सञ्जालमा विरोधमा छन्।