arrow

भारतीय प्रम मोदीको सम्मानमा ओलीद्धारा रात्रिभोज

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
oli-modihardikta.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सम्मानमा शुक्रबार राति यहाँ रात्रिभोजको आयोजना गरे ।

त्यस अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, प्रदेश नं ३ का प्रमुख, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति थियो । 

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीको रात्रिभोजमा सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ