arrow

के फर्किएला त एमडीबीमा हराएको पैसा ? के हो एमडीबी ?

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
malaysia.jpg

काठमाडौं । मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाको सबैभन्दा ठुलो आर्थिक अनियमितता भएको एमडीबीको अधिकांश पैसा फिर्ता हुने बताएका छन् ।

यसअघि मलेसियाको प्रधानमन्त्री नाजिब राजाक भएको समयमा मलेसियामा एमडीबी कोषबाट करोडौं डलरको रकम हराएको थियो । यसबाट असन्तुष्ट रहेका महाथिरले आफ्नो पार्टी छाडी नयाँ पार्टीबाट सरकार ढलाइदिएका हुन् । 

डक्टरसमेत रहेका महाथिरले भने, “मलाई लाग्छ एमडीबीको अधिकांश रकम फिर्ता हुनेछ ।” यसअघि मलेसियाको खम्बाको रुपमा रहेका  ९२ वर्षीय महाथिर १५ वर्षको अन्तरपछि पुनः मलेसियाको प्रधानमन्त्रीको रुपमा आएका छन् । 

दुई वर्षअघि सार्वजनिक भएको १एमडीबी काण्डमा पूर्व प्रधानमन्त्री नाजिबले करिब ७० करोड अमेरिकी डलरबराबरको आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । यो मामिलामा आफ्नो संलग्नताको नाजिवले ठुलो विरोध गर्दै आएका छन् र उनलाई सरकारको आधिकारिक निकायले पनि छुट दिइसकेको छ । 

अझै पनि सो कोषको विषयमा केही मुलुकहरुमा अनुसन्धानको काम जारी रहेको छ । 

एमडीबी काण्ड के हो ? 
सन् २००९ मा मलेसियाको राजधानी सहरमा मलेसियाको आर्थिक विकासको लागि सहयोग पुर्याउने उद्देश्यका साथ स्थापना गरिएका कोष नै मलेसियन डेभलपमेन्ट बर्हाड अर्थात् एमडीबी हो । यद्यपि सन् २०१५ मा भने यो कोषले नकारात्मक कारणले सबैको ध्यान आकर्षित गरेको थियो । 

जतिबेला कोषले ११ अर्ब डलरको भुक्तानी दिएको थिएन जुन अधिकार बैैंक र बोन्डहोल्डरहरुसँग रहेको थियो । 

वाल स्ट्रिट जर्नर (डब्ल्यूएसजे)ले सार्वजनिक गरेको विवरणमा परीक्षणको क्रममा करिब ७० करोड अमेरिकी डलरबराबरको रकम यो कोषबाट नाजिबको बैंक खातामा ट्रान्सफर भएको पाइएको थियो । गत वर्षको अन्तिममा महान्यायाधिवत्तलाले यो मुद्दा अहिलेसम्मकै सबैभन्दा खराब सम्झौता रहेको बताएका थिए । 

अमेरिकाको सरकारले पनि यो कोषको एक अर्ब ७० करोड डलरबराबरको रकम रोक्ने निर्णय गरेको थियो । जुन कोषबाट चोरिएको अनुमान गरिएको छ । 

के छ महाथिरको प्रतिबद्धता ? 
विहीबार अघिल्लो सरकारमा विभिन्न निकायहरुमा रहेका मानिसहरुको परिवर्तनको सम्बन्धमा गरिएको प्रश्नमा महाथिरले केही अधिकारीहरु हटाउनै पर्ने अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो प्रशासनमा लगानीकर्ताहरुको मनोबल बढाउनुपर्ने आवश्यकता रहेको बताए । महाथिरले आफ्ना पूर्व कामु प्रधानमन्त्री अनवार इब्राहिमलाई पनि रिहा गर्ने र माफी दिने प्रतिबद्धता दोहो-याएका छन् । 

अनवारलाई यसअद्धि आर्थिक र राजनीतिक परिवर्तनको विषयमा आवाज उठाएको कारण आर्थिक अनियमितताको मुद्दामा जेल हालिएको थियो तर सन् २००४ मा उनी मुक्त भएका थिए । सन् २०१५ मा उनलाई नाजिव राजाकको शासनकालमा जेल हालिएको थियो । उनी आगामी महिनामा छुट्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ