arrow

बिजुलीको बिलका कारण भारतीय नागरिकले गरे आत्महत्या 

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
man-killed.jpg

महाराष्ट्र । एक भारतीय तरकारी बिक्रेताले बिजुलीको महसुल अत्यधिक आएको भन्दै आत्महत्या गरेका छन् । भारतको महाराष्ट्रका ३६ वर्षीय जगन्नाथ शेल्केले बिजुलीको महसुल आठ लाख ६४ हजार भारु आएको पाइएपछि आत्महत्या गरेका हुन् । 

उनले छाडेको आत्महत्याको नोटमा बिजुलीको बिल अत्यधिक रहेको कारण त्यसलाई सहन नसकी आफू आत्महत्या गइरहेको उल्लेख गरिएको छ । 

अधिकारीहरुले दिएको जानकारीअनुसार उनको वास्तविक बिल भने केवल २८ सय भारु बराबरको थियो । परिवारका सदस्यहरुका अनुसार बिजुलीको महसुल अत्यधिक आएको भन्दै उनी प्रशासनिक अधिकारीहरुसमक्ष पुगेको भए पनि उनीहरुले कुनै सहयोग भने गरेका थिएनन् । 

परिवारका अनुसार यो समस्या समाधानको लागि उनी धेरै विद्युत् विभागहरुमा पनि पुगेका थिए तर उनको माग त्यहाँ पनि सुनावाई भने भएन । प्रहरीले दिएको जानकारीअनुसार शेल्केको लागि ६११७ दशमलव ८ एकाइको महसुल काटिनुपर्नेमा ६११७८ एकाइको बिल काटिएको थियो । 

मिटर रिडरको गल्तीको कारण यस किसिमको समस्या आएको देखिएको हो । मिटररिडरले सही मापन गर्न नसक्दा यस किसिमको समस्या आएको देखिएको हो । 

भारतका वरिष्ठ इन्जिनियर सुरेश गणेश्करले यो बिल अत्यधिक हुनुमा दशमलव छुट्नु नै मुख्य कारण रहेको र आफूहरु यो मामिलामा संलग्न रहेका कर्मचारीहरुमाथि कारबाहीको प्रक्रियामा अघि बढिरहेको जानकारी दिए । उनले शेल्केले आफ्नो समस्या बोर्डमा दर्ता गराउन नसकेको कारण सो समस्या समाधान हुन नसकेको बताए । 

शेल्केले मार्च महिनाको बिल अप्रिलको पहिलो साता पाएका थिए । आठ दिनअघि मात्र उनले आफ्नो समस्या भाइलाई बताएका थिए । उनले आफ्नो समस्याको विषयमा अधिकारीहरुलाई पनि बताएको तर उनीहरुले सबै सम्पत्ति जफतको धम्कीसमेत दिएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ