arrow

अमेरिकाको यस किसिमको व्यवहार सहन सकिदैन : फ्रान्स

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
Paris-France.jpg

एजेन्सी। अमेरिकाले गरेको इरानमाथिको प्रतिबन्धको निर्णयमा फ्रान्सले आपत्ति प्रकट गरेको छ। फ्रान्सले यस किसिमको व्यवहार सहन नसकिने भन्दै यो निर्णयमा आपत्ति प्रकट गरेको हो।  छ जना इरानी व्यवसायीहरु र तीन कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने अमेरिकाले निर्णय गरेसँगै फ्रान्सले यस्तो जवाफ फर्काएको हो। इरान सम्झौताबाट बाहिरिने निर्णय गरेसँगै अमेरिकाले इरानमाथि थप प्रतिबन्ध बढाउने निर्णय गरेपछि यरोपियन मुलुकले इरानको पक्षमा आवाज उठाएको हो।

फ्रान्सका विदेशमन्त्री जिन–युभ्सले ड्रायनले युरोपियन कम्पनीहरुले अमेरिकाको निर्णयमा कुनै पनि किसिमको ध्यान दिनु नपर्ने बताए। अमेरिकाले कम्पनीहरुलाई छ महिनासम्म आफ्नो व्यापार रोक्न र कुनै पनि सम्झौता नगर्नका लागि निर्देशन दिएको छ । अन्यथा उनीहरुलाई पनि प्रतिबन्ध लगाउने चेतावनी अमेरिकाले दिएको छ। 

एक अन्तर्वाताको क्रममा ड्रायनले अहिले अमेरिकाले गरेको निर्णय असामान्य रहेको र त्यसलाई स्वीकार गर्न नसकिने बताएका हुन्। उनले अन्य सहयोगी मुलुकहरुले पनि इरान सम्झौताको सम्मान गर्ने पनि बताएका छन्। 

अमेरिकाले गरेको यस किसिमको निर्णयको प्रभाव तेलको मूल्यमा परिसकेको र यसले मध्यपूर्वको राजनीतिक अनिश्चितता पनि बढाएको उनको भनाइ छ। फ्रान्स, बेलायत र जर्मनीले इरान सम्झौतालाई थप बलियो बनाउनका मिलेर काम गर्ने वातावरण मिलाउनका लागि पनि आफूहरु प्रयत्नशील रहेको उनले बताएका छन्।

फ्रान्सका धेरै कम्पनीहरुले इरानका कम्पनीहरुसंग सन् २०१५ यता व्यापारिक सम्झौताहरु गरेका छन्। उनीहरुको बीचमा अर्बौं डलरको सम्झौता भइसकेको छ। जसमा एयरबस, तेल कम्पनी र कार निर्माता कम्पनीहरु रहेका छन्। उनीहरुका लागि आगामी नोभेम्बर सम्मको अवधिमा आफ्नो सबै लगानी फिर्ता ल्याउने वा अमेरिकाको प्रतिबन्धको सामना गर्ने विकल्प बाँकी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ