arrow

ओली सरकार अधिनायकवादी भएको विवेकशिल साझाको ठहर, शनिवार देशभर प्रदर्शन गर्ने

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
bibeksil-protest.jpg

काठमाडौं। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अधिनायकवादी भएको निष्कर्षमा पुगेको विवेकशिल साझाले सरकार विरुद्ध शनिवार देशभर प्रदर्शन गर्ने भएको छ। शान्तिपूर्ण विरोधको संविधान प्रदत्त अधिकारलाई खोसेको ओली सरकार अधिनायकवादी भएको विवेकशिलको निष्कर्ष हो। 

विवेकशिल साझाले उपत्यकाभित्र रहेका कार्यकर्ता शुभेच्छुकहरुलाई शनिवार विहान विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा वखुण्डोलमा बोलाएको छ।

पार्टी कार्यालयमा शुक्रवार भएको प्रहरी हस्तक्षेपको विरोधमा शान्तिपूर्ण विरोधका निम्ति शनिवार बिहान ११ बजे केन्द्रीय कार्यालय, बखुण्डोलमा उपस्थित हुन साझाले आह्वान गरेको पार्टीका विदेश विभाग प्रमुख दिनेश प्रसाइले जानकारी दिए। 

काठमाडौं उपत्यका बाहिर भने आफ्नो इकाईसंग समन्वयन गरेर आफ्नो टोल, वडा, जिल्ला, प्रदेशको प्रमुख चोकमा ११ बजे प्रदर्शन गर्न समेत कार्यकर्ताहरुमा आह्वान गरिएको प्रसाइले बताए। 

आफूहरुको प्रदर्शन शान्तिपूर्ण हुने तथा दुई नारा मात्र प्लेकार्डमा रहने सो पाार्टीले जनाएको छ।  ' मोदीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौँ।' र 'अधिनायकवादी ओली सरकार, होसियार ' मात्र लेखिएको प्लेकार्ड प्रदर्शनमा रहने प्रसाइले बताए। 

शान्तिपूर्ण रुपमा विवेकशिल साझा पार्टीले गरेको व्यानर हटाउने क्रममा प्रहरीले पार्टी कार्यालयमा गरेको हस्तक्षेपको विरोधमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विरोध गर्दै सरकारको अधिनायकवादी चरित्र उदाङगो भएको बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ