मोदीका भनाइ राम्रा, कार्यान्वयन खोइ ? –डा रामशरण महत
प्रकाशित २०७५ वैशाख २९ शनिबार
425
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेता डा रामशरण महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कुरा राम्रा भए पनि कार्यान्वयन पक्ष राम्रो हुन नसकेको बताएका छन् ।
उनले यसअघि पनि भारतीय प्रधानमन्त्री मोदीसंग धेरै सहमति भए पनि ती कार्यान्वयनमा समस्या भएको बताए ।
उनले १६ वर्षदेखि हुलाकी राजमाग अगाडि बढ्न नसकेको, पञ्चेश्वर बन्न नसकेको, महाकाली सन्धि अलपत्र परेको, सीमा समस्या उस्तै रहेको र अरुण तेस्रोको बारेमा सुशील कोइराला नेतृत्वको सरकारले अगाडि बढाए पनि अहिले आएर मात्र शिलान्यास भएको उल्लेख गरे ।
डा महतले मोदीका सकारात्मक अभिब्यक्तिहरुको सधै नेपाली काँग्रेसले स्वागत गर्ने पनि बताएका छन् ।
उनले नेपाल भारत सम्बन्ध सधै राम्रो रहँदै आएको र बेलाबेलामा भने समस्या आएको चर्चा गरे ।
उनले मोदीलाई काँग्रेसले जहिले पनि स्वागत गर्ने बताए । र जोडे, ‘मोदीका सकारात्मक कामका लागि सधै समर्थन हुनेछ ।’
नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ड्रेस डिप्लोमेसीले सम्मान बढी नै भएको देखाएको पनि टिप्पणी गरेका छन् । विगतमा भएका गल्ती सुधारिएको र यो सम्बन्ध अझै बढेर विकासका लागि हातेमालो हुनु सकारात्मक हुने उनले बताए ।