arrow

भीड बढेपछि गुफा बन्द गरियो

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
Palpa_District.png

रामपुर । रामपुरमा हालसालै पत्ता लागेको अनौंठो गुफा हेर्नेको भीड लागेपछि गुफा बन्द गरिएको छ । रामपुर नगरपालिकाको रामघाटको भुलादीखोलाको भुद्रङघाट नजिकै फेला परेको अनौंठो गुफा अवलोकन गर्नका लागि दिनहुँ सयौँको संख्यामा भीड लागेपछि अध्ययन अनुसन्धान नहुञ्जेल सम्मका लागि गुफा बन्द गरिएको छ । 

पुरातात्विक विभागबाट गुफाको बारेमा अध्ययन अनुसन्धान नगरुन्जेल सम्मका लागि गुफा बन्द गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए ।

स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । गुफाभित्र शिवलिङ, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवानका आकृति रहेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ