arrow

 किन ढल्दैन शक्तिशाली भूकम्पमा पनि पिसाको लिनिङ टावर ?

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
linig-tower.jpg

लण्डन । इटालीको प्रसिद्ध पिसाको लिनिङ टावरले अहिलेसम्म धेरै शक्तिशाली भूकम्पको सामना गरिसकेको छ तर अहिलेसम्म यो टावर अलिकति पनि चर्किएको छैन । 

यो टावर पाँच डिग्रीको कोणमा झुकेको छ, जसको कारण सामान्य भूकम्पको धक्काले पनि यो टावर भत्किनुपर्ने हो तर यसले चारपटक ठुलो भूकम्पहरुको सामना गरिसकेको छ ।

लामो समयदेखिको रहस्यको विषय बन्दै आएको यस विषयमा अहिले भने एक रिपोर्ट सार्वजनिक भएको छ । शोधकर्ताहरुका अनुसार सो टावरमा प्रयोग गरिएको नरम माटोको कारण यो टावर बलियो रहेको बताएका छन् । 

यसलाई बनाउन प्रयोग गरिएको माटो निकै नरक किसिमको रहेको कारण नै भूकम्प आउँदा पनि नढल्नु यसको प्रमुख कारण रहेको शोधकर्ताहरुले बताएका छन् । 

सन् ११७० देखि १३६० को बीचमा बनेको यो टावर निर्माण भइसकेपछि चारपटक ठुलो भूकम्प आइसकेको छ तर उक्त टावरको कुनै पनि भागमा क्षति पुगेको छैन । यो टावर निर्माणको क्रममा सावधानी नअपनाइएको कारण अलिकति ढल्केको छ । यसमा प्रयोग गरिएको नरम किसिमको माटोको कारण जमिनमुनिको गतिविधिको प्रभाव पनि सो टावरमा पर्ने गरेको छ । यो टावर नभत्किनुको मुख्य कारण यही हो । 

यो प्रक्रियालाई को डाइनामिक सोयल–स्ट्रक्चर भनिन्छ । यो अनुसन्धानमा बेलायतको ब्रिसिल विश्वविद्यालयका इन्जिनियरहरु पनि सामेल थिए । यसको संरचनाको कारण यो टावर भूकम्प आउँदा पनि हल्लिँदैन, जुन टावर अहिलेसम्म नभत्किनुको मुख्य कारण हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ