arrow

भारतको औरंगावादमा दुई समुदायबीच झडप

दुईको मृत्यु ४१ घाइते 

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
danga.jpg

औरंगावाद । भारतको महाराष्ट्र प्रान्तको औरंगावादमा शुक्रबार राती दुई समुदायको बीचमा भएको झडपमा परी दुई जनाको ज्यान गएको छ भने ४१ जना मानिसहरु घाइते भएका छन् । घाइते हुनेहरुमा १६ जना सुरक्षाकर्मी रहेका छन् ।  स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।  

औरंगावादमा अवैध रुपमा लगाइएको पानी काट्ने विषयलाई लिएर विवाद देखिएको थियो । सो विवादले हिंसाको रुप लिएको हो । हिंसाको क्रममा घाइते सबै ४१ जनालाई आरएमओ मेडिकल कलेजमा भर्ना गरिएको छ । जसमा नौ जना मानिसहरुको अवस्था गम्भीर रहेको बताइएको छ । 

शुक्रबारको यो झगडा सहरको गान्धीनगर, राजाबाजार र शाहगंज क्षेत्रमा पनि फैलिएको थियो । प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार रातिदेखि लगातार यो क्षेत्रमा हिंसा जारी रहेको छ । हिंसाको क्रममा दुवै पक्षका मानिसहरुको बीचमा ढुङ्गा हानाहान भइरहेको र कयौं पसलहरुमा आगजनी भएको छ । 

औरंगावादको पुरानो क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको प्रशासनले जानकारी दिएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ