arrow

आज अन्तराष्ट्रिय नर्स दिवस, फ्लोरेन्स नाइटिंगेलको सम्झनामा विश्वभर मनाइदै

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
florence-nightingale-nurse.jpg

काठमाडौं। हरेक वर्षको मे १२ मा विश्व नर्स दिवस मनाइदैछ। फ्लोरेन्स नाइटिंगेलको जन्म दिनका अवसरमा आज विश्वले अन्तराष्ट्रिय नर्स दिवस मनाँउदैछन। नेपालमा पनि बिभिन्न कार्यक्रम गरी यो दिबस मनाउने गरिएको छ।

सन् १८२० मे १२ का दिन ईटालीमा आधुनीक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात स्वास्थ्य परिचारीका पेशाको शुरुवात गर्ने अनि नयाँ उचाई थप्ने फलोरेन्सको सम्मान स्वरुप यो दिवस मनाउने गरिएको हो। नाइटिंगेलले यूरोपमा क्रिमेन यूद्ध चलिरहँदा घाईते सैनिकहरुको उपचारार्थ अहोरात्र खटेकाले सैनिकहरुले उनलाई सम्मानकासाथ लेडी विथ ए ल्याम्प भनेका हुन्। 

रातीको समयमा टुकी वालेर पनि सम्पूर्ण विरामीहरु भएका ठाँउमा पुग्ने यिनी संसारकै पहिलो नर्स नाईटिगेंलले बेलायतको लडंन स्थीत थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिगं स्कूल स्थापना पनि गरेकिथिन्। नेपालमा पुरुषको भन्दा धेरै गुणा महिला नर्सहरुको संख्या छ। 

नेपालमा अहिले नर्सहरुको संख्या ७० हजार भन्दा बढी छ भने एक प्रतिशत मात्रै पुरुष नर्स छन्। नेपालमा हरेकबर्ष  ५ हजार जना नर्स उत्पादन हुने गरेपनि रोजगारीको समस्या हुने गरेको छ। जसरी ह्वात्तै नर्सिङ पढाइ बढेको छ ,त्यसैगरी नर्सिङ क्षेत्रमा काम गर्ने अवसर कम छ। मुलुकका १ सय भन्दा बढी  कलेजमा नर्सिङ्ग पढाइ हुने गरेको छ। त्यहाँबाट अनमी, स्टाफ र विएन गरी वार्षिक रुपमा आठ हजारको संख्यामा नर्स उत्पादन हुँदै आएका छन्।

नेपालमा नसिङ विषयमा स्नातकोत्तर तहको समेत पढाइ हुने गरेको छ। उत्पादनको तुलनामा रोजगारीको अवसर स्वदेशमा ज्यादै न्यून भएकाले विदेसिने नर्सको संख्या उल्लेखनीय रहेको छ। लाखौँ रुपैयाँ खर्च गरेर पढाइ पूरा गरेका नर्स स्वयंसेवीका रुपमा कार्य गर्न बाध्य रहेको नर्सिङ परिषद्ले बताएको छ। 

नर्सिगंको नेपाली ईतिहास विसं २०१३ वाट शुरु भएको देखिन्छ। त्यो बेला केही महिलाहरुले  औपचारीक रुपमा नर्सिगंको तालिम लिएका थिए। राणा शासनका क्रममा संभ्रान्त परिवारमा स्वास्थ्य उपचार अनि नर्सिंगको महत्व चाल पाएर नेपालमा नर्सिंगको शुरुवात भएको विश्वास गरिन्छ। राणाकालको क्रममा चारजना महिलाहरु विधावती कंसाकार, राधा देवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको ईतिहास छ।

अन्तराष्ट्रिय नर्स दिवस हरेक बर्षको मे १२ को दिनमा मनाईदै आएतापनि नेपालमा राष्ट्रिय नर्सिङ दिवस भने प्रत्येक बर्षको माघ १५ गते गरीएको छ। २०१८ साल बाट निरन्तर रुपमा नर्सिङ्ग दिवस मनाईने गरिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ