arrow

ओली सरकारको कमालः विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ

प्रदेश ५ का संयोजक सैंजू पनि नियन्त्रणमा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ वैशाख २९ शनिबार
bibekshil1.jpg

बुटवल । विवेकशील साझा पार्टीका  एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । पार्टीको केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले शनिबार बुटवल पुष्पलालपार्कमा प्रदर्शन गरेका थिए । 

पक्राउ पर्नेमा पार्टीका ५ नंं प्रदेश संयोजक अनुपमान सैंजू, रुपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारी,सुबास लामिछाने ,निलम अधिकारी ,अनिल काफ्ले ,मीन तिवारी ,अर्जुन गिरि र बिष्णु मिश्र लगायत गरि १२ जनालाई पक्राउ गरेको हो ।

ट्राफिक चोकबाट पुष्पलालपार्कसम्म भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको छ । 

प्रदर्शनमा सहभागीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ