arrow

मोदीद्धारा मुक्तिनाथमा पुजाअर्चना, नाकाबन्दीको पिडा भुलेर भब्य स्वागत

logo
निर्मल खत्री,
प्रकाशित २०७५ वैशाख २९ शनिबार
modi-muktinath1.JPG

मुक्तिनाथ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकिय भम्रणको क्रममा शनिबार बिहान प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पुजापाठ गरेका छन्। भारतीय सेनाको विशेष विमान मार्फत मुक्तिनाथ ओर्लेका मोदीले करिब २० मिनेट पुजापाठ गरेका थिए। मुक्तिनाथ प्रवेशद्धार नजिकै निर्माण गरिएको हेलिप्याडमा झरेपछि मोदीलाई संघीय सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र प्रदेश नं४का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रुपमा स्वागत गरेका थिए। 

२० मिनेट पुजापाठपछि उनले मुक्तिनाथ परिसरमा रहेको १०८ धाराको स्नाका साथै अवलोकन गरेका थिए। उनको सम्मानमा स्वागतमा मन्दिर पसिरमा रहेका लामाहरुले विशेष बाजा बजाएका थिए भने बटुकहरुले स्वस्तिक बाचन गरेका थिए। 

मन्दिर पसिरमा प्रवेश गरे लगत्तै मोदीलाई विशिष्ट कक्षमा लगिएको थियो। परिसरबाट वस्त्र परिर्वतन गरे उनी मुक्तिनाथ मन्दिरमा मुल मण्डपमा प्रवेश गरेका थिए। मोदीलाई मुक्तिनाथमा मुल मण्डपमै पुजा आर्जनको व्यवस्था गरिएको थियो। पुजापाठपछि उनलाई मुक्तिनाथ विकास क्षेत्रका पदाधिकारी, सांसद्, वरागुङमुक्ति क्षेत्रका अध्यक्ष धारा गुरुङ लगायतले उपहार प्रदान गरेका थिए। पुजापाठपछि फर्कने क्रममा प्रवेशद्धार देखि मन्दिर पसिरसम्म एकै लहरमा उभिएका स्थानीयले उनलाई भव्य सम्मान दिए। बौद्ध धर्मालम्बीहरुले आफ्नो मौलिक लामा बाजा, टोपी र गीत गाउँदै मोदीलाई स्वागत गरिरहेका दृश्य रमाईलो थियो।

मोदीले पनि मौलिक लामा बाजा बजाएर स्थानीलाई उत्साहित पारिरहेका थिए। उनले स्थानीयसँग पटक–पटक सेल्फी र फोटा खिचाएका थिए। उनको मन्दिर प्रवेशपूर्व सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो। भारतीय सुरक्षाकर्मीहरुले कसैलाई मन्दिर परिसरमा प्रवेश गर्न दिएका थिएनन्। मुक्तिनाथमा मूख्य मण्डपको तस्विर लिन मनाही भएपनि भारतीय टेलिभिजन दुरदर्शनका सञ्चारकर्मीहरुले निर्बाध रुपमा दृश्य र फोटो लिइरहेका थिए। नेपाली सुरक्षाकर्मी र प्रशासन पनि भारतीय सुरक्षाकर्मी सामू निरिह देखिएको थियो।

उपस्थित सञ्चारकर्मीको तीब्र आक्रोशपछि भारतीय सुरक्षाकर्मीहरुले मोदीले पुजापाठ सक्नु केहि समयअघि मात्रै दृश्य कैद गर्न दिएका थिए। मोदीको मुक्तिनाथ भम्रणले मुस्ताङको पर्यटक र मुक्तिनाथको मुहार फेरिनेमा स्थानियवासीहरु उत्साहित भएका छन। नाकाबन्दीको अवस्थालाई भुलेर स्थानियवासीहरुले अवको दिनमा भारत र नेपालको सम्बन्धलाई यस भम्रणले नयाँ आयाम दिने आशा गरेका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ