arrow

भरतपुरको भाटभटेनी सुपरमार्केट नजिक बम विस्फोट

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
bhatbhateni-suppermarket-chitwan.jpg

रत्ननगर, चितवन। चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३: ४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

उनका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ। अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताए। मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उनले बताए।

विप्लब नेतृत्वको बन्दको हल्लाले आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ