arrow

नेकपाको बन्दमा भाटभटेनीमा बम प्रहार, २ भारतीय ट्रक जलाइयो, सवारी चलेनन, जनजीवन प्रभावित

झापामा बसमा बम विस्फोट

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
bhatbhateni-bharatpur-biplab-nepal-banda.jpg

काठमाडौं। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा देखाएको 'आत्मसमर्पण तथा रास्ट्रघाती सम्झौता ' हरुको बिरोधमा नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित बनेको छ। नेकपाले ठाउँठाउँमा आगजनी र बम विस्फोटका घटनाहरु समेत गराएका छन् ।

बन्दका क्रममा  चितवन जिल्लाको भरतपुर महानगरपालिकामा रहेको भाटभटेनी सुपरमार्केटमा एकाबिहानै बम विष्फोट गराइएको छ। भरतपुरस्थित भाटभटेनीमा छेउमा विहानै करिव चार बजे गरिएको विष्फोटले सुपरमार्केटका सीसाहरु पूर्ण रुपमा फुटेका छन्। घटनामा कुनै मानविय क्षती भने भएको छैन। खैरेनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा समेत नेकपाका कार्यकर्ताहरुले शक्तिशाली बम विस्फोट गराएका छन् ।

धादिङमा भने दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी गरिएको छ । धादिङको धुनिबेशी ६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा नेकपाका कार्यकर्ताहरुले बिहान २ः३० बजेको समयमा आगलागी गरेको प्रहरीले जानकारी दिएको छ । आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।  प्रहरीका अनुसार गाडी चालक र गाडी अन्य सदस्य गाडी रोकेर बास बसिरहेका थिए ।

उता पूर्वको सीमान्त सहर मेचीनगर नगरपालिकामा सुर्योदय यातायात प्रालिको बसमा बम विस्फोट गराएका छन् । विस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यसैगरी झापाको बुट्टाबारिमा पनि बम फेला परेको छ । बन्दकर्ताहरुले बाटो अबरोध गरेपछि त्यहाँबाट सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ । विस्फोटबाट केही क्षती पुगेको छैन । तर माइखोलाको पुलमा बन्दकर्ताहरुले अबरोध राखेपछी प्रहरीले सवारी साधन चलाउन दिएको छैन । त्यस्तै, झापाको सितापुरीमा बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकलाई ढुङ्गा प्रहार गरेका छन् । बन्दको कारण यतिबेला लामो तथा छोटो दुरिका सवारि साधन चल्न सकेका छैनन् भने यातायात, कलकारखाना, शैक्षिक संस्था, सरकारी कार्यालय बन्द रहेका छन् ।

रुपन्देहीमा पनि कलेजका गाडी चले पनि अन्य साधन चलेका छैनन। बुटवलमा इरिक्सा मात्र चलेको छ। अन्य क्षेत्रमा पनि बन्दको प्रभाव छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ