arrow

इरान सम्झौताबाट बाहिरिने निर्णयसँगै अमेरिकाका न्युक्लियरविद्ले दिए राजीनामा 

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
rick-Johnson-md.jpg

वासिङटन। अमेरिकाको स्टेट डिपार्टका वरिष्ठ न्युक्लियरविद्ले इरान सम्झोताबाट अमेरिका बाहिरिने निर्णय गरेसँगै आफ्नो पदबाट राजीनामा दिएका छन्। इरानको न्युक्लियर मुद्दाको सहायक कोर्डिनेटरको रुपमा काम गरिसकेका रिचार्ड जोनसोनले राजीनामा दिने निर्णय गरेका हुन्। एक समाजसेवीको रुपमा जोनसोन यसअघि यो सम्झौताको विषयमा बेलायत, फ्रान्स र जर्मनीको बीचमा भएको वार्तामा पनि सहभागी भएका थिए। 

जोनसोनले आफ्नो राजीनामाको स्पष्ट कारण नबताएका भए पनि मुलुकको विदेशी नीतिको विषयमा असन्तुष्टि व्यक्त गर्दै राजीनामाको निर्णय गरेको बताएक छन्। सन् २०१५ मा भएको इरान सम्झौता सफल भएको पनि पुष्टि भएको उनले बताएका छन्।

उनले इरान सम्झौताको एक भागको रुपमा काम गर्न पाउँदा आफू निकै हर्षित रहेको र आफ्नो कार्यकालमा केही असामान्य उपलब्धिहरु पनि हासिल भएको बताएका छन्। यो सम्झौताको आधारमा आफूहरुले इरानलाई न्युक्लियर हतियार खरिद गर्नबाट रोक्न सफल रहेको उनले उल्लेख गरेका छन्। जोनसोनले सन् २००६ को जुन महिनादेखि अमेरिकी विभागमा काम गर्दै आएका छन्। पूर्व राजदूत लाउरा केनेडीले जोनसोनको बहिर्गमन अमेरिकाको लागि निकै ठुलो धक्का रहेको बताएका छन्। उनी एक असल तथा इमान्दार व्यक्ति रहेको केनेडीले बताएका छन्। अहिलेको अवस्थाले सन् २००३ पुनः फर्किएको आभाष भएको उनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ