arrow

ब्रेजिक्टलाई छ महिना पर धकेल्दै युरोपियन युनियन

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
brexit-EU.jpg

एजेन्सी। युरोपियन युनियन (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) को अवधिमा छ महिना बढ्नसक्ने विवरण सार्वजनिक भएको छ। इन्डिपेन्डेन्टले बताएअनुसार अहिले ईयूका अधिकारीहरु यो अवधिलाई छ महिना पर सार्ने योजनामा देखिएका हुन्। 

भन्सारको विषयमा गरिएको नयाँ सम्झौता पूरा गर्नको लागि छ महिना यो प्रक्रिया पर सार्ने योजनामा ईयूका अधिकारीहरु लागेका हुन्। आगामी साता बेलायती प्रधानमन्त्री थेरेसा मेको टोलीले ईयूसँग आगामी दिनमा कस्तो किसिमको सम्बन्ध विस्तार गर्ने भन्ने विषयमा समाधानको प्रयास गर्नेछ। जसमा दुवै पक्षको बीचमा यो समय लम्ब्याउने विषयमा छलफल हुने बताइएको छ।

अहिले ब्रेजिक्टको निकै संकटपूर्ण अवस्थामा रहेको भए पनि ईयूका लागि आफ्नो कारणले पनि यो अवधिलाई छ महिना पर सार्नु जरुरी रहेको अधिकारीहरुले बताएका छन्। अहिले बेलायत पनि यो मुद्दाको कारण धेरै समस्याहरुका सामना गरिरहेको छ तर नयाँ सम्झौताले भने ब्रेजिक्टको केही प्रभाव देखिनसक्ने भएको कारण पनि ईयूका लागि यो सम्झौता केही पर सार्नु जरुरी रहेको बताइएको हो। 

दोस्रो चरणको वार्ताको क्रममा समय थप्न पनि केही सहज हुने भएको कारण अहिले युरोपियन कमिसन यो अवधिको म्याद बढाउने दिशामा रहको पाइएको हो। ब्रेजिक्ट दुवै पक्षका लागि सहनसकिने किसिमको होस् भन्नका लागि पनि ईयू प्रयासरत रहेको र सोही योजनाको आधारमा यो निर्णय हुन लागेको एक जानकारले बताए।  सन् २०२० को डिसेम्बर महिनासम्मको लागि पूर्णरुपमा ब्रेजिक्ट हुनसक्ने बताइएको छ। यसअघि सन् २०१९ को मार्च महिनासम्ममा यो प्रक्रिया सक्ने बताइए पनि सोही अनुसारको काम हुन नसक्दा केही समस्या देखिएको हो।

यसअघि विभिन्न मामिलामा विवाद रहँदै आएको भए पनि पछिल्लो समय भने दुई पक्षहरुबीचको वार्ता महत्वपूर्ण चरणमा रहेको पाइएको छ। उनीहरुको बीचमा भन्सारमा सहकार्य गरेर अघि बढ्ने विषयमा पनि सम्झौता भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ