arrow

पेरिसमा आतंककारी आक्रमण, आईएसले लियो जिम्मेवारी 

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
paris-isis.jpg

एजेन्सी। फ्रान्समा शनिबार राति भएको अतंककारी चक्कु आक्रमणबाट एक जनाको ज्यान गएको छ भने थप चार जना मानिसहरु घाइते भएका छन्। फ्रान्सका अधिकारीहरुले दिएको जानकारीअनुसार ओपोरा जिल्लामा प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीको ज्यान गरेको छ। 

शनिबार भएको आक्रमण आफ्नो लडाकुले गराएको भन्दै आतंकवादी संगठन आईएसले घटनाको जिम्मेवारी लिएको छ। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले ‘अल्लाह अकबर’ भनेर चिच्याउँदै आक्रमण गरेका थिए। समाचारमा बताइएअनुसार आक्रमणकारी दक्षिणी रसियामा १९९७ मा जन्मिएका नागरिक रहेका छन् । स्रोतका अनुसार उसको परिवारसँग यस विषयमा आवश्यक सोधपुछको काम भइरहेको छ। 

फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोनले घटनाप्रति दुःख व्यक्त गर्दै शत्रुहरुलाई कुनै पनि हालतमा स्वतन्त्र हुन नदिने बताएका छन्। शनिबार स्थानीयसमयअनुसार बेलुका नौ बजे आक्रमणकारीले अन्धाधुन्ध चक्कु प्रहार गर्न थालेका थिए। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारी कालो ट्र्याकसुट ट्राउजर लगाएको, खैरो कपाल र दारी भएको व्यक्ति थिए। उक्त व्यक्ति कार र रेष्टुरेन्टभित्र पस्न प्रयास गर्दै थियो तर उसलाई भित्रका मानिसहरुले रोकेका थिए र केही मिनेटमा प्रहरी आइपुगेको थियो। 

आक्रमणमा परेकामध्ये दुईजना मानिसहरु भने गम्भीर अवस्थामा रहेका छन्। यो घटनाको विषयमा फ्रान्सले अनुसन्धानको कार्यलाई अघि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ