arrow

प्रदेश ७ का ३ चर्चमा मध्यराती वम विस्फोट

logo
दीपेन्द्र बस्नेत ।
प्रकाशित २०७५ वैशाख ३० आइतबार
received_1993816554191284.jpeg

धनगढी।  प्रदेश ७का ३ वटा चर्चमा बम बिस्फोट भएको छ। स्थानीयले दिएको जानकारी अनुसार कैलालीको धनगढीस्थित उत्तरबेहडीमा रहेको महिमा चर्चमा शनिबार राति ठुलो आवाजसहित शक्तिशाली बिस्फोट भएको हो । उक्त चर्चमा प्रेसर बम विस्फोट गराइएको हो ।  बिस्फोटबाट चर्चमा झ्याल ढोका र दराजमा क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै उता डोटीमा पनि २ वटा चर्चमा बम पड्किएको छ । जिल्लाको बुडरमा रहेका २ वटा चर्चमा शनिबार मध्यराति शक्तिशाली बम बिस्फोट भएको स्थानीयले बताएका छन् । क्रिस्चियनहरुले पैसाको लोभ देखाएर धर्म परिवर्तन गर्न गाउँ गाउँमा गोप्य अभियान चलाएको भन्दै आलोचना भइरहेको बेला यो विस्फोट भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले आइतबार नेपाल बन्दको आह्वान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध नेकपाले नेपाल बन्द आह्रवान गरेको हो । 

नेपाल कम्युनिस्ट पार्टी बिप्लव पक्षले आईतबार आव्हान गरेको बन्दका कारण सार्वजनिक यातायात सेवा ठप्प बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ