arrow

पाल्पाका सामुदायिक बिद्यालयमा बिद्यार्थीको आकर्षण

logo
सीता डोटेल,
प्रकाशित २०७५ वैशाख ३० आइतबार
school-gov-commnitity.jpg

रामपुर, पाल्पा। जिल्लाको पुरानो सामुदायिक बिद्यालय रामतुल्सी माबिमा यस बर्ष नयाँ बिद्यार्थी ह्वात्तै भित्रिए। यस शैक्षिक सत्रमा यहाँ ३ सय ५० नयाँ बिद्यार्थी भर्ना भएका छन्।

त्यसमध्ये अधिकांश बिद्यार्थी निजि शैक्षिक संस्थाबाट आएका हुन्। गतबर्ष १ हजार बढी बिद्यार्थी कक्षा १ देखि १० सम्म हुने गरेकोमा नयाँ बिद्यार्थी भर्ना यो बर्ष अझ बढेको हो। अहिले बिद्यालयमा १ हजार ६ सय बिद्यार्थी भर्ना भएका छन्।

सामान्यतया बर्षमा ५० बिद्यार्थी निजि र अन्यबाट भर्ना हुन बिद्यालय आउने गरेपनि यो बर्ष चमत्कार नै भएको बिद्यालयका प्रध्यानाध्यापक बालकृष्ण लम्सालले बताए। यहाँ बिद्यालय तहमा अग्रंजी र नेपाली दुबै माध्यममा पढाइ हुन्छ। यस सहित सिटीईभिटी अन्तर्गत ३ बर्षे डिप्लोमा कृषि बाली बिज्ञान र बिज्ञान संकायमा पढाई हुने गर्छ। अग्रेजी पढाईको आबश्यकतालाई मध्यनजर गर्दै बिद्यालयले नर्सरी देखि १० सम्म नै अग्रेजी माध्यममा पढाउदै आएको छ।

गतबर्ष नेपाल सरकार शिक्षा मन्त्रालयबाट नमुना बिद्यालय पुरस्कार प्राप्त गरेको यस बिद्यालयमा पछिल्लो ५ बर्ष यता बिद्यार्थीको आकर्षण बढेको छ। ५ बर्षदेखि यस बिद्यालयमा रुम टु रिडले बेस नेपाल मार्फत साना कक्षामा नेपाली भाषा खर्र्र पढ्न सक्ने बनाउने एकीकृत साक्षरता कार्यक्रम पनि सञ्चालन गरेको छ। बर्षेनि ३५ देखि ५० बिद्यार्थी निजीबाट आउने गर्थे तर यो पटक भने नयाँ भर्ना भएका ३ सय ५० बिद्यार्थी मध्ये अधिकांश निजीका हुन्। 

केही बर्ष अघिसम्म अभिभावक निजीमा तानिएका थिए प्रअ लम्सालले भने–‘गरे हुदो रहेछ, सामुदायिक बिद्यालयलाई सुधार्दै लगेपछि विश्वास जितियो’।

माबि तहमा पशु बिज्ञान पढाई हुने आधारभूत माबिमा पनि दुबै माध्यममा पढाई भएकोमा गतबर्षदेखि नेपाली माध्यम हटाएर अग्रेंजी माध्यममा कक्षा चलाइएको छ। पहिले सामुदायिक बिद्यालयमा अग्रेंजी माध्यमको आबश्यकता खड्कियो प्रध्यानाध्यापक रुपनाथ गौतममले भने–अभिभाबकमा अग्रंजी माध्यममा मोह जागेर बोडिङ्गसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आयो। अग्रेंजी माध्यम पनि सँगसँगै चलाइरहेकोमा अभिभाबक र बिद्यार्थीको अग्रंजी माध्यमको मोहपछि नेपाली माध्यम अहिले कक्षा १ र २ मा छैन भने माथिका कक्षामा निरन्तर छ। प्रत्येक बर्ष १-१ कक्षा गरेर नेपाली माध्यम हटाउने संभावना बिद्यालयको छ।

शिक्षक अभिभाबक र बिद्यार्थी लगनशील भए पढाईमा असर पर्दा रहेनछ गौतमले भने–अग्रेंजी माध्यम भएपछि हामीले नेपाली भाषा पढाईलाई उत्तिकै महत्व दिएका छौ। गौतमका अनुसार तत्लो कक्षाहरुमा  दैनिक ९० मिनेटको नेपाली बिषयको पढाई हुन्छ। केही बर्ष यता बिद्यार्थी बढे पढाई र उत्तिर्ण प्रतिशत झण्डै शतप्रतिशत कै हाराहारीमा गयो त्यसैले पनि यसबर्ष नयाँ बिद्यार्थी बढेका छन्।

२०६४ सालदेखि अग्रंजी माध्यममा समेत पढाई शुरु गरेको अर्को सामुदायिक बिद्यालय हो रामपुर ६ को दरैठाटी माबि। यहाँ नेपाली र अग्रंजी दुबै माध्यममा कक्षा १० सम्म नै  पढाई हुन्छ। ३ बर्ष अघि यहाँ झण्डै ४ सय बिद्यार्थी थिए अहिले १ हजार बढी बिद्यार्थी छन्। समिति, शिक्षक, अभिभाबक बिद्यार्थीको चासोले नै बिद्यार्थी बढ्न सम्भब भएको प्रध्यानाध्यापक सुन्दर प्रसाद देवकोटाले बताए।

यस बिद्यालयमा उच्च शिक्षा अन्तर्गत सिभिल इन्जिनियरिङको समेत पढाई हुन्छ। यी बिद्यालयका आसपासमा निजी बिद्यालय पनि उत्तिकै छन्। पछिल्लो समय सामुदायिक बिद्यालयमा उपयुक्त भबन, स्रोत साधन र लगनशीलताको कारण बिद्यार्थी बढेका हुन्।

नेपाली र अग्रेंजी माध्यममा पढाई हुने नबदुर्गा माबिमा बिद्यार्थी संख्या बढेको छ। अभिभाबकप्रति अग्रंजी माध्यमको पढाईको आकांक्षाले पनि आफुहरुले केही बर्ष यता अग्रेंजी माध्यमलाई जोड दिएको प्रअ कृष्ण प्रसाद पाण्डेले बताए। रामपुर १० को जनकल्याण माबिमा कक्षा १ र २ मा १० जनाको हाराहारीमा बिद्यार्थी हुन्थे तर यस शैक्षिक सत्रमा ती कक्षामा अहिले २० जना बिद्यार्थी भर्ना भइसकेका छन्।

ठुलो कक्षामा पनि नयाँ भर्ना हुन आउनु सामुदायिक बिद्यालयप्रति शैक्षिक गुणस्तरको बिश्वास हो–प्रअ आनन्द प्रसाद भण्डारीले भने। गंगा मावि रामपुर ८ एक्लेटारमा पनि अहिले एक सय तीन जना नयाँ विद्यार्थी भर्ना हुन आएका छन्। गतवर्ष ५ सय ८३ विद्यार्थी रहेकोमा अहिले ६ सय ५० जना विद्याथी छन्–प्रधानाध्यापक देवराज देवकोटाले भने। उनले विद्यार्थीलाई सामुदायिक विद्यालय हो भन्ने कुनै पनि अनुभुती नदिइकन अंग्रेजी माध्यममा बालमनोविज्ञानमा आधारित शिक्षा दिएको बताए।

यी बिद्यालय सहित जिल्लाका अधिकांश सामुदायिक बिद्यालयमा बिद्यार्थी संङख्या यस बर्ष बढेको छ। संस्थागत विद्यालयले जस्तै अंग्रेजी माध्यममा पढाई र शिक्षकहरुको इमान्दारिताका कारण सामुदायिक बिद्यालयमा बिद्यार्थी बढेको जिल्ला शिक्षा कार्यालयका सुचना अधिकारी महेन्द्र सुवेदीले बताए।

जिल्लामा नमुनाका रुपमा सामुदायिक बिद्यालयहरुको प्रतिस्पर्धा उत्तिकै छ– सुवेदीले भने। बिद्यालयको पढाई, स्रोतसाधन र मेहनतका बिच पनि सामुदायिक बिद्यालयमा बिद्यार्थी बढ्नुको अर्को आङ्कलन पनि छ। रामपुर नगरपालिकामा  मात्र ५० सामुदायिक विद्यालय र ९ वटा संस्थागत विद्यालय रहेका छन्। जिल्लामा साढे ४ सय बढी बिद्यालय छन्। 

केही स्थानीय सरकारले निजामती कर्मचारी, जनप्रतिनिधिका छोराछोरी सामुदायिकमा नै पढाउनु पर्ने प्राबधानको घोषणा गरेकाले पनि शैक्षिक सत्रको शुरुवातमा नै सामुदायिक बिद्यालयमा पढ्न जानेपनि बढेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ