पर्यटकीय नगरी पोखरा रातभरि चल्नू पर्दछ : महानिरिक्षक खनाल
सरिता तिम्सिना पगेनी,
प्रकाशित २०७५ वैशाख ३० आइतबार
363
Shares
पोखरा। प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले आर्थिक समृद्धिको लागि पर्यटकीय नगरी पोखरा रातभरि चल्नु पर्ने बताएका छन।
आइतबार पोखरामा लागू औषध बिरुद्धको महाअभियानको स्मारिका बिमोचन तथा कास्की प्रहरी कार्यलयको मूल गेट, सभाहल र नागरिक सहायता कक्षको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुुरा बताएका हुन् ।
समृद्ध नेपाल बनाउन पोखराले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्दै उनले गुन्डागर्दी गर्नेलाइ पक्राउ गर्न र ब्यबसाय गर्नेलाइ शान्ति सुरक्षाको प्रत्याभुति गराउन समेत आग्रह गरे। प्रहरीले कुनै पनि आपराधिक गिरोहसंग साठगाठ गरेको पाइएमा तत्कालै कारबाही हुने बताउदै, महानिरिक्षक खनालले भनसुनका आधारमा नभै निति, नियम र कानुनी आधारमा काम गर्न सुरक्षा निकायलाइ निर्देशन दिए। उनले, कास्कीमा लागू औषध बिरुद्ध राम्रो अभियान संचालन भएको भन्दै यसलाइ निरन्तरता दिन समेत आग्रह गरे।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादूर जीसी, कास्कीका प्रमूख जिल्ला अधिकारी तारानाथ अधिकारी, सामुुदायीक प्रहरी सेवा केन्द्र कास्कीका अध्यक्ष बिष्णु भट्टराइ लगाएतले प्रहरीले नागरिक समाजसंग मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।
कास्कीमा लागू औषध महाअभियान संचालन भएपछि ८० प्रतिशत लागू औषध प्रयोगमा कमी आएको जिल्ला प्रहरी कार्यलय कास्की प्रमूख एस पी अशोक सिंहले जानकारी दिए। कार्यक्रममा प्रहरी सेवा साथै लागू औषध बिरुद्धको महाअभियानमा योगदान पूर्याउने बिभिन्न क्षेत्रका ब्यक्तीहरुलाइ सम्मान समेत गरिएको थियो।