arrow

पहिलो स्वदेशी पानीजहाजको परीक्षण गर्दै चीन

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
china-ship.jpg

एजेन्सी। चीनमै बनेको पहिलो पानीजहाज परीक्षणको लागि समुद्रमा पठाइएको छ। आइतबार चीनले आफ्नै मुलुकमा बनाइएको पानीजहाजको परीक्षण सुरु गरेको हो। चीनको आधिकारिक सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यसअघि नै चीनमा बनेको दोस्रो जहाजको परीक्षण भइसकेको अवस्थामा सबैभन्दा पहिले बनेको जहाजको परीक्षणमा भने केही ढिलाइ भएको हो। जहाजको केही पार्टहरु नमिलेको कारण परीक्षणमा ढिलाइ भएको समाचारमा उल्लेख गरिएको छ। 

यो जहाज पूर्णरुपमा चीनमा बनाइएको हो। विभिन्न प्रयोजनको लागि ल्याइएको भए पनि यो जहाजलाई अहिले भने अत्यधिक मात्रामा अनुन्धान तथा नयाँ विमानहरुको सुधारको लागि प्रयोग गरिने बताइएको छ। यो जहाजको नाम लियाओनिङ्ग राखिएको छ। 

अहिले चीन आफ्नो संघाई सहरमा तेस्रो पानीजहाज निर्माणको क्रममा रहेको छ। चीनले सन् २०३० सम्मको अवधिमा दक्षिण चीन सागरदेखि हिन्द महासागरसम्म काम गर्ने चार पानीजहाजहरु रहने बताएको छ। 

केही विवरणहरुले भने चीन अहिले न्युक्लियर पानीजहाज पनि निर्माणको योजनामा काम गरिरहेको बताएका छन्। चीनले आफ्ना जहाजहरुको सुरक्षाको लागि नयाँ जेटफाइटर पनि बनाएको छ जसको नाम ए जे–१५ राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ