arrow

रेडियो पश्चिम आवाजमा सरकारको आक्रमण, प्रसारण अवरूद्ध गरि अतिथि पक्राउ

सरकारी ज्यादतीको सर्वत्र विरोध

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
received_1727071977387629.jpeg

लम्की कैलाली। सामुदायिक रेडियो पश्चिम आवाज लम्कीको स्टुडियोमा अन्तरबार्ता दिइरहेको समयमा प्रहरीले प्रसारण अवरूद्ध गरि अतिथि समेतलाई पक्राउ गरेको छ । 

प्रहरीको सो हर्कतले प्रेस स्वतन्त्रको धज्जी उढाएको भन्दै चौतर्फि विरोध भएको छ । सामुदायिक रेडियो पश्चिम आवाज प्रशासन शाखा, लम्की सञ्चार समुह, नेपाल पत्रकार महासंघ कैलाली शाखा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर सात, सामुदायिक रेडियो प्रशारक संघ, नेपाल आदीबासि जनजाति पत्रकार महासंघ फोनिज, नेपाल प्रेस युनियन लम्की टीकापुर शाखा, नेपाल प्रेस युनियन कैलाली शाखा लगायत सञ्चारसंग सम्बन्धीत बिभिन्न संघ, संगठन र सरोकारवाला निकायले विज्ञप्ती निकालेर घटनाको घोर भर्सना गरेका छन । 

यसैविच सामुदायिक रेडियो पश्चिम आवाजका सञ्चालक समितिका अध्यक्ष बुद्धि प्रसाद खनाल वि.पी. ले एक विज्ञप्ती प्रकासित गदै आईतबार दिउसो  ३ बजेर २२ मिनेटको समयमा पत्रकार युवराज न्यौपानेले समसामयिक गतिविधिको बारेमा कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्जको स्टुडियोमा बहस कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लम्कीका सइ कटक बहादुर रावतको नेतृत्वमा रेडियोको प्रशारण कक्षमा  करीब ४-५ जनाको समुह हातहतियार सहित प्रबेश गरि संञ्चार क्षेत्रमा गरिएकोे दमनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

लोकतान्त्रीक परिपाटीमा सञ्चार गजतलाई नै आतंकित तुल्याउने गरि प्रहरीको ठाडो हस्तक्षेपले देशमा निरंकुश शासनको सुरुवात भएको ठहर गदै सञ्चारमाथिको हस्तक्षेपको घोर आपति प्रकट गर्दछौ, विज्ञप्तीमा उल्लेख छ। प्रेस स्वतन्त्रतामाथि धावा बोल्दै निरंकुश शैलीमा प्रहरीबाटै सञ्चारमाध्यम माथिको आक्रमणलाई सबै सञ्चारमाध्याम, संञ्चार गृह, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस काउन्सील, सामुदायिक रेडियो प्रशारक संघ र ब्रोकास्टीङ एसोसियसन अफ नेपाल लगायत सञ्चार तथा पत्रकारसंग सरोकार राख्ने सबै निकायलाई गम्भीर हुन समेत आग्रह गदछौ  भनिएको छ । सञ्चार माध्यममा अनाधिकृत, आचारसंहिता विपरित गरेको हस्तक्षेपप्रति गम्भीर भई घटनाको सत्य तथ्य छानविन गरि दिन स्थानिय प्रशासन, जिल्ला प्रशासन र सरोकारवालासंग माग गर्दछौ विज्ञप्तीमा उल्लेख छ ।  प्रेस स्वतन्त्रता माथि कुनै पनी बहानामा आक्रमण नगर्न चेतावनी  दिदै दोषिमाथि कारबाहिको माग समेत गरिएको सामुदायिक रेडियो पश्चिम आवाजका सञ्चालक अध्यक्ष बुद्धिप्रसाद खनाल वि.पी खनाल द्धारा हस्ताक्षेरित विज्ञाप्तीमा उल्लेख छ । 

यसैबिच सामुदायिक रेडियो प्रशारक संघ नेपालले विज्ञप्ती प्रकासित गरि रेडियोमा अन्र्तवार्ता दिईरहेको अवस्थामा नेकपा माओवादीका नेता दिलवहादुर साउदलाई रेडियो स्टुडियोबाटै इलाका प्रहरी कार्यालयको टोलीले प्रक्राउ गरेर लगेको घटनाप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  । सञ्चार माध्यमले सुचना प्रवाह गरिरहेको अवस्थामा रेडियोको स्टुडियोमै पुगेर प्रहरीले कार्यक्रम रोकेर प्रक्राउ गर्नु आपतीजनक विषय भएको र यसले प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्न खोजेको प्रष्ट भएकाले घटनाप्रति संघ आपत्ती जनाउदछ र दोशीलाई कारबाही गर्न माग गर्दछ, संघका महासचिव  गोविन्द देवकोटाद्धारा हस्ताक्षेरित विज्ञाप्तीमा उल्लेख छ । 

यसैबिच एक जना राजनितिककर्मीसँग समसामयिक राजनीतिक विषयमा प्रत्यक्ष कुराकानी भइरहेको बेला हातहतियारसहित नेपाल प्रहरीको एक टोली अनाधिकृत ढंगले रेडियो स्टेशन भित्र जबरजस्ती प्रबेश गरी कार्यक्रममा सहभागि अतिथिलाई गिरफ्तार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ कैलालीको गम्भिर ध्यानाकर्षण भएको छ विज्ञप्ती मार्फत जनाएको छ ।

नेपाल प्रहरीका प्रहरी नायब निरिक्षक कटकबहादुर रावतको नेतृत्वमा हातहतियार सहित प्रहरीको टोली प्रबेश गरी गिरफ्तार गर्ने रेडियोका कर्मचारी तथा पत्रकारलाई धम्काउने कार्य हुनुका साथै झण्डै आधा घण्टा रेडियोको कार्यक्रम समेत अवरुद्ध हुन पुगेको घटनाले संञ्चार माथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ, महासंघका सचिव मिन ठकुरी द्धारा हस्ताक्षेरित विज्ञाप्तीमा उल्लेख छ ।  संचार माध्ययमले आफ्नो कर्म गरिरहेको अवस्थामा बिनाकुनै सूचना अनाधिकृत र निरंकुश शैलीमा प्रहरी प्रवेश गर्नु  र अतिथिलाई गिरफ्तार गर्नुले प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको हामीले महसुश गरेका छौं विज्ञप्तीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ प्रहरीको यो दुस्प्रयासप्रति घोर भत्र्सना गर्दछ, घटनाको गम्भिररुपमा छानविन गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न आब्हान गर्दछौं विज्ञप्तीमा उल्लेख छ । 

यसैगरि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर सातका महासचिव योगेश रावल, नेपाल आदीबासि जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष लखन चौधरी र सचिव राम दहित , नेपाल प्रेस युनियन लम्की टीकापुर शाखा कार्यबाहक सभापति देवानन्द न्यौपाने , नेपाल प्रेस युनियन कैलाली शाखाका सभापति टेकराज जोशी लगायतका विभिन्न संघ, संगठनले छुट्टा छुट्टै प्रेस विज्ञाप्ती निकालेर घटनाको घोर भर्सना गदै दोषिमाथी कारबाहिको माग समेत गरेका छन । 

सामुदायिक रेडियो पश्चिम आवाजमा आज आईतबार दिउसो  ३ बजेर २२ मिनेटको समयमा पत्रकार युवराज न्यौपानेले समसामयिक गतिविधिको बारेमा स्टुडियोमा बहस कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लम्कीका सहि कटक बहादुर रावतको नेतृत्वमा आएको हतियारधारी प्रहरीको टोलीले रेडियोको प्रशारण कक्षमा  करीब ४-५ जनाको समुह  प्रबेश गरि नेकपाका नेता दिलबहादुर साउदलाई पक्राउ गरेको हो । हातहतियार सहित प्रहरी स्टुडियोमा प्रबेश गरेपछि कर्मचारी आतंकित भएका थिए भने रेडियोको प्रशारण सेवा समेत केहि समय बन्द भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ