arrow

भारी वर्षा र आँधीले भारत चौपट्, कम्तिमा ४८ जनाको मृत्यु, ५० भन्दा बढी घाइते 

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
aadhi.jpg

काठमाडौं । भारी वर्षा र ठुलो आँधीको कारण भारतका विभिन्न राज्यमा गरी अहिलेसम्म कम्तिमा ४८ जना मानिसहरुको ज्यान गएको छ । भारतको उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश, तेलंगना र गुजरातमा गरी पछिल्लो २४ घण्टामा ४८ जनाको ज्यान गएको हो । त्यसका साथै ५० जना भन्दा बढी मानिसहरु घाइते भएका छन् । 

भारतको राजधानी सहर दिल्लीमा पनि आइतबार एक सय ९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधी आएको थियो । दिल्लीका दुई फरक स्थानमा गरी दुई जनाको ज्यान गएको बताइएको छ ।

 समाचारमा बताइएअनुसार आइतबारको आँधीको कारण उत्तर प्रदेशमा सबैभन्दा बढी मानिसहरुले ज्यान गुमाएका छन् । यो राज्यमा १८ जना मानिसहरुको ज्यान गएको छ भने पश्चिम बंगालमा १२, आध्र प्रदेशमा नौ, तेलंगानामा तीन र गुजरातमा चार जना मानिसहरुले आँधी तथा बाढीबाट ज्यान गुमाएका छन् । 

भारतको मौसम विभागले सोमबार पनि विभिन्न छ राज्यहरुमा तीव्र गतिको आँधी आउनसक्ने चेतावनी दिएको छ । विभागले सोमबार ५० देखि ६० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आउनसक्ने भन्दै चेतावनी दिएको हो । सोमबारका साथै मंगलबार पनि यो क्रम जारी रहने भन्दै सुरक्षित रहनका लागि मौसम विभागले आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । 

आइतबारको मौसमको गडबढीको कारण राजधानी सहर दिल्लीको हवाई तथा रेलसेवा पनि प्रभावित भएको थियो । भारतमा अत्यधिक गर्मी भएको अवस्थामा आइतबारको वर्षाले भने मानिसहरुमा केही राहत मिलेको मौसम विभागले बताएको छ । 

आँधी तथा तुफानको कारण यस वर्षको मनसुन पाँच दिन पहिले आउने भारतीय मौसक विभागको भनाइ छ । साथै यस वर्ष उल्लेख्य वर्षा पनि हुने उसले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ