arrow

विवादबीच जेरुसलेममा आफ्नो राजदूतावासको सुरुवात गर्दै अमेरिका

आन्दोलनको तयारीमा प्यालेस्टाइन

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
dronaldtrumps.jpeg

काठमाडौं । अमेरिकाले इजरायलमा आफ्नो राजदूतावासको सुरुवात गर्ने भएको छ । सोमबार उसले तामझामका साथ नयाँ दूतावासको सुरुवात गर्ने भएको हो । यो निर्णयको इजरायलले प्रशंसा गरेको छ भने प्यालेस्टाइनले यसको विरोध गरेको छ । 

सोमबार हुने समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का र उनका पनि जेर्ड कुस्नरको पनि सहिभागिता रहने बताइएको छ । यद्यपि यो समारोहमा युरोपियन युनियन (ईयू)का अधिकांश अधिकारीहरु भने सहभागी नहुने बताइएको छ । 

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले तेल अभिभमा रहेको इजरायलको राजधानी जेरुसलेममा सार्ने निर्णय गरेका थिए । यो निर्णयसँगै यो क्षेत्रमा प्यालेस्टाइनीहरुले लगातार विरोध प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरु पनि पूर्वी जेरुसलेमलाई भविष्यको प्यालेस्टाइन राज्यको राजधानी रहने बताउँदै आएका छन् । 

इजरायलले सन् १८६७ मा भएको मध्यपूर्वको युद्धमा पूर्वी जेरुसलेममा आफ्नो कब्जा जमाएको थियो । साथै यो सहरलाई त्यसयता विभाजित नहुने र आध्यात्मिक सहरको रुपमा चिनिँदै आएको थियो । यस विषयमा अमेरिकालगायतका मुलुकहरु मौन बस्दै आएकोमा अघिल्लो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको राजधानी सहरको मान्यता दिने निर्णय गरेको थियो । 

सोमबार कस्तो राजदूतावास खुल्न लागेको हो ? 
जेरुसलेममा सोमबार सानो अन्तरिम राजदूतावास सुरु हुन भइरहेको हो, जुन भवनमा यसअघि अमेरिकाको काउन्सिलको कार्यालय रहेको थियो । जेरुसलेममा यो भन्दा ठुलो राजदूतावास निर्माण हुनेछ र तेल अभिभबाट हुने गरेको सबै कामहरु उक्त भवनबाट सुरु गरिनेछ । इजरायलको ७० औं वार्षिक अवसरमा यो भवनको सुरुवात हुन लागेको हो । 

अमेरिकी राष्ट्रपतिले भिडियो लिंकको मार्फत् उक्त समारोहलाई सम्बोधन गर्नसक्ने बताइएको छ । यो समारोहमा अमेरिकाका वरिष्ठ अधिकारीहरु पनि सामेल हुने भएका छन् । त्यसबाहेक ईयूको प्रतिबन्धमा रहेका केही मुलुकका अधिकारीहरु पनि यो समारोहमा आउनसक्ने बताइएको छ । 

इजरायल र प्यालेस्टाइन अधिकारीहरुले के भने ? 
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राजदूतावास जेरुसलेममा सारिनु राम्रो पक्ष रहेको र अमेरिकाको यो कदममा सबै मुलुकहरु जोडिनुपर्ने बताए । प्यालेस्टाइनको आधिकारिक विभागका अध्यक्ष माहमाउद अब्बासले भने अमेरिकाको यो निर्णय शताब्दीकै सबैभन्दा नराम्रो निर्णय रहेको भन्दै आलोचना गरेका छन् । 

सोमबार प्यालेस्टाइनीहरुले गाजा क्षेत्र र इजरायल छुट्याउने क्षेत्रमा ठुलो जन प्रदर्शनको तयारी गरेका छन् । अहिले अमेरिकाले गरेको निर्णयले आगामी दिनमा गाजा क्षेत्रको समस्यालाई थप गर्ने अनुमान विश्लेषकहरुले बताएका छन् । 

गएको मार्च महिनायता सीमाक्षेत्रमा भइरहेको विरोध प्रदर्शनको कारण इजरायली सेनाद्वारा ४० प्यालेस्टाइनीहरुको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख जेइद राड अल हुसेनले इजरायलले आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ