arrow

चिनियाँ कम्पनी बचाउने कसरी पलायो ट्रम्पको मन ? 

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
trump-china.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ दूरसञ्चार कम्पनी जेटीई बचाउने आफ्नो चाहना रहेको बताएका छन् । अमेरिका र चीनको बीचमा दोस्रो चरणको वार्ता हुनुअघि अमेरिकी राष्ट्रपतिको तर्फबाट यस किसिमको भनाइ आएको हो । 

अमेरिकाले अघिल्लो महिना चिनियाँ कम्पनीमाथि सात वर्षदेखि लगाताररुपमा गर्दै आइरहेको करोबारमा प्रतिबन्धको निर्णय गरेको थियो । अमेरिकाले कम्पनीमाथि इरान र उत्तर कोरियामा आफ्नो सामग्रीहरु अवैधरुपमा आपूर्ति गरेको भन्दै कम्पनीमाथि प्रतिबन्धको निर्णय गरेको थियो । 

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफू चिनिया राष्ट्रपति सि चिनफिङसँग सहकार्य गर्दै जेटीईमाथिको प्रतिबन्ध फुकुवा गर्ने दिशामा अघि बढिरहेको बताएका हुन् । अहिले जेटीईको धेरै चीनको रोजगारी पनि जोखिममा रहेको कारण आफू उक्त रोजगारी बचाउनु पर्छ भन्ने प्रयासमा रहेको ट्रम्पको भनाइ छ । 

यसअघि चीनले अमेरिकको रोजगारी चोरेको भन्दै आरोप लगाइरहने ट्रम्पबाट यस किसिमको भनाइ आउनु नाटकीय रहेको अमेरिकी विश्लेषकहरुले बताएका छन् । 

पछिल्लो समय विश्वका प्रमुख दुई मुलुकहरुको बीचको व्यापारिक युद्धको कारण आर्थिक क्षेत्रमा विभिन्न किसिमका आशंकाहरु देखिएको अवस्थामा चीन र अमेरिका दोस्रो चरणको वार्तामा बस्ने तयारीमा छन् । चीन जेटीईको समस्या जतिसक्दो छिटो समाधान गर्ने प्रयासमा रहेको छ । यो कम्पनीमा करिब ८० हजार कर्मचारीहरुले काम गरिरहेका छन् । 

सन् २०१७ को मार्च महिनामा जेटीई कम्पनीले अमेरिकाको प्रतिबन्धको नियम मिचेको विवरण सार्वजनिक भएको थियो । उसलाई अवैधरुपमा इरान र उत्तर कोरियामा सामग्रीहरु निर्यात गरेको भन्दै एक अर्ब १० करोड डलरको जरिवाना पनि लगाइएको थियो ।

ZTE phone



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ