arrow

अरुलाई कुरीकुरी गर्ने ओली आज नाङ्गै हिंड्दा के भन्ने ? –गगन थापा

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
gagan_thapa1.JPG

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई उनैले धार्मिक भ्रमण भनेकाले धेरै टिप्पणी नगर्ने बताएका छन् । 

संसदको विशेष समयमा बोल्दै उनले मोदीको भ्रमण कस्तो भन्नुभन्दा पनि नेपालका प्रधानमन्त्रीले लुकाउन खोजेका कुराप्रति आश्चर्य व्यक्त गरे । उनले सडकमा कुनै आरोप लाग्नुअघि नै ओलीले आफूले मुलुकको हित विपरीत नगरेको प्रतिक्रिया दिनुले धेरै कुरा लुकेको हुन सक्ने भन्दै आपत्ति जनाए । 

उनले भने, ‘प्रधानमन्त्री ओलीको पहिलो दिन सम्झें हिजो प्रधानमन्त्रीले धेरै कुरा लुकाएको जस्तो लाग्यो । कसैलाई सिंगडा बेच्न गएको कसैलाई घुँडा टेक्न गएको भन्ने अहिले आफूले के गरेको ?’ 

थापाले थपे, ‘न संघर्ष न समर्पण भनेर बीपीले भन्दा महेन्द्रले हटाए । सुशील कोइरालाले घुँडा नटेक्दा नाकाबन्दी लाग्यो । अहिले भारतीय सेना आउँदा ओली किन चुप ?’

सांसद थापाले थप भने, ‘ओलीलाई अहिले महालम्पसारवादी भन्न नपाउने कि पाउने ? हिजो घुँडामा घाउ भयो कि भएन भन्नेलाई मैले सोध्न पाउने कि नपाउने कि प्रधानमन्त्री ज्यू तपाईको खुट्टामा भ्वाङ पर्यो कि परेन ? प्रदेश २ को मुख्यमन्त्रीले भन्दा किन चुप ? विदेशले मुख्यमन्त्री चिन्दैन परराष्ट्र मन्त्री चिन्छ । परराष्ट्र मन्त्रीले मुख्यमन्त्रीलाई तालाबन्दी दिने कि नदिने ? 

गगन थापाले थप भने, ‘मैले नाकाबन्दी बिर्सेको छैन भन्न नपाउने ? यो कस्तो लम्पसारवाद हो आफ्ना कार्यकर्ता दूतावासमा विरोध गर्न जाँदा केही नहुने आज आफ्नो पार्टी कार्यालयमा विरोध गर्न नपाउने ? हिजो अरुलाई कुरीकुरी गर्नेले आज नाङ्गै हिंड्दा के भन्ने ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ