arrow

आँधीका कारण भारतमा ४१ को मृत्यु

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
india-strom-wind.jpg

नयाँदिल्ली। भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको छ। यस आँधीका कारण सोमबार बिहानसम्ममा कम्तीमा पनि ४१ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतीय सरकारी अधिकारीले सो जानकारी दिएका छन्। ती राज्यमा आँधीको प्रकोप आइतबार साँझबाट शुरु भएको बताइएको छ। यस आँधी बेहरी र वर्षामा परी उत्तर प्रदेशमा १८, पश्चिम बंगालमा १२ आन्ध्र प्रदेशमा नौजना र नयाँ दिल्लीमा दुईजना व्यक्तिको ज्यान गएको अधिकारीले जानकारी दिएका छन्।

राजधानी नयाँ दिल्लीमा धुलोसहितको आँधीबेहरीप्रति घण्टा १०९ किलोमिटरको दरले आएको मौसम विभागका विज्ञहरुले जानकारी दिएका छन्। यस आँधीमा परी दर्जनौँ स्थानीय घाइते भई अस्पतालमा उपचार जारी रहेको भारतीय अल इण्डिया रेडियो (एआइआर) ले जानकारी दिएको छ। यस आँधीका कारण नयाँ दिल्लीको इन्दिरागान्धी इन्टरनेशनल विमानस्थलबाट सोमबार उडान भर्नुपर्ने ७० उडान अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन्।

यस प्रकोपको कारण कतिपय स्थानमा विद्युत्का लाइन अवरुद्ध भएका छन्। यस आँधीमा परी ज्यान गुमाएका परिवार र घाइते व्यक्तिप्रति भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले दुःख प्रकट गरेका छन्। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ