पाँचथर। पाँचथर सदरमुकाम फिदिममा मोटर साइकल कुदाइरहेका एक व्यक्तिको मृत्यू भएको छ। मृत्यु हुनेमा फिदिम २ निवासी ४० वर्षीय मिलन लावती रहेका छन्। गणतन्त्र चौक नजिकै युमा आर्ट सेन्टर सञ्चालन गर्दै आएका लावती मोटर साइकल कुदाँउदा कुदाँउदै गर्दा ज्यान गएको हो।
आज बिहान घरवाट मे ६ प ६९२५ नम्वरको मोटरसाइकल चढेर पसल आँउदै गरेका लावतीले चलाइरहेको गाडी अचानक अनियन्त्रित भएपछि उनी नजिकै रहेको सामना सुज सेन्टर अगाडी हुत्तिन पुगेका थिए।
सामान्य अवस्थामा रहेका लावतीलाई तत्काल उठाएर अस्पताल लैजाँदै गर्दा बटैमा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। मुटुको विरामी रहेका लावतीलाई मोटरसाइकल कुदाइरहेकै वेला समस्या आएर लडेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।