arrow

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान शाहको निधन

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
mani-bikram-shah.jpg

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ।

कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना भएका शाहको आज उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले जानकारी दिए। “उहाँ अस्पताल आउँदा लिभर फेल भइसकेको थियो” मैनालीले भने, “जनरल इन्टेन्सिभ केयर युनिटमा राखेर उपचार शुरु गर्यौ, त्यसमा पनि उहाँको अवस्थामा सुधार भएन, आज बिहानदेखि भेन्टिलेरमा राखेर उपचार गर्दै थियौँ, साँझ निधन भयो।”

अहिले अस्पतालमा खेलाडी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र परिवारका सदस्यको बाक्लो उपस्थित रहेको बताइएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ