arrow

बेमौसमी बाढीले १३ घर प्रभावित, एक करोडको क्षति

logo
निर्मल खत्री,
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
landslide.jpg

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी बजारमा आइतबार दिउँसो बाढी १३ घर परिवार प्रभावित भएका छन। आईतवार दिनको ३ बजे देखि परेको वर्षा सगै आएको बाढीले दुई घर डुवानमा परेका छन भने १३ परिवार प्रभावित भएका हुन। बाढीले तातोपानी बजार क्षेत्रमा करिव एक करोडको क्षति पुर्याएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर गर्वुजाले बताए। बाढी प्रभावित क्षेत्रमा जिल्लाको टोलीले स्थलगत अनुगमन गरेको छ।

प्रदेश सभासद विनोद केसी,प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी,नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ,सचिव बालकृष्ण सुवेदी,काँग्रेसका अजय मिलन श्रेष्ठ माओवादीका जिल्ला संयोजक गोविन्द पौडेल र नेपाल रेडक्रस जिल्ला शाखा म्याग्दीका सभापति लेख बहादुर हमाल सहितको संयुक्त टोलीले वाढी प्रभावित  क्षेत्रको स्थलगत अनुगमन गरेको हो। वाढीले दुइ घर पूर्ण रुपमा क्षति भएका छ। स्थानीय बालकृष्ण मिजार र लट्टे गिरीको घर वाढीले पूर्ण रुपमा क्षति पुर्याएको हो। वाढीले पूर्ण रुपमा क्षति पुर्याएको परिवारलाई गाउँपालिकाले जिल्लाबाट राहत संगै उनिहरुले आफ्नो ब्यवस्था नगर्दा सम्मलाई आबश्यकता पर्ने सम्पुर्ण  व्यवस्था मिलाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिएका छन।

वाढीले स्थानीय टेकनारायण पौडेलको स्टेशनरी र रुखिरामा पुर्जाको किराना पसलमा क्षति पुर्याएको छ। बाढीले खाद्यान्य, लत्ताकपडा लगायत घरायसी सामानमा क्षति पुर्याएको छ भने प्रहरी, नेपाली सेना,सशस्त्र प्रहरीले क्षति भएको घरको समानलाई ब्यवस्थीत स्थानमा स्थानतरण गरेको छ। वाढी प्रभावित परिवारलाई सोमवार नेपाल रेडक्रस जिल्ला शाखाले उपलब्ध गराएको त्रिपाल,भाँडाकुडा र लत्ताकपडा भुरुङ तातोपानी उपशाखा मार्फत उपलब्ध गराइएको छ।

प्रभावति भएकाहरुलाई बसोबासको व्यवस्था र राहत सामाग्री सरकारले तयार गरेको मापदण्ड अनुसार उपलब्ध गराउन आवश्यक पहल भएको प्रजिअ अधिकारीले जानकारी दिएका छन। जिल्ला दैविक प्रकोप उद्धार समितिले तत्कालका वाढी रोक लगाउनको लागि २०० थान ग्याविन झाली भरिने जनाएको छ। वर्षातका समयमा आउन सक्ने थप वाढीलाई रोकथाम गर्नका लागि आवश्यक पहल गरिने प्रजिअ अधिकारीलको भनाई छ। स्थानीयवासी,नेपाली सेना,शसस्त्र प्रहरीको सहयोगमा खोलालाई निकास दिएर व्यवस्थापनको काम गरिरहेको गरिएको र प्रभावित भएका परिवारलाई अन्य स्थानमा स्थानतरण गरि बस्ने ब्यवस्था मिलाईएको स्थानिय अगुवा आत्म तुलाचनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ