इजरायली सेना र प्यालेष्टाइनीबीच झडप, ५५ को मृत्यु, २००० भन्दा बढी घाईते
प्रकाशित २०७५ जेठ १ मंगलबार
355
Shares
काठमाडौं। अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५५ जना मारिएका छन्। गाजामा १२ वर्षीय बालकसहित प्रदर्शनकारीलाई इजरायली सेनाले गोली हानेर मारेको प्यालेष्टाइनले जनाएको छ।
प्यालेष्टाइनी अधिकारीहरुका अनुसार घटनामा २ हजार भन्दा बढी घाईते भएका छन्। इजरायली सेनाले भने ३५ हजार प्यालेष्टानी सीमामा जम्मा भएर हिंसा मच्चाएपछि आत्मरक्षाका लागि कदम चालेको दाबी गरेको छ। प्यालेष्टाइनी नेताले घटनालाई नरसंहार भनेका छन्। संयुक्त राष्ट्रसंघका प्रवक्ताले चरम मानवअधिकार उल्लंघन भनेका छन्।