arrow

मुख्यमन्त्रीको राजीनामा माग्दा केपी ओलीले दिन नपर्ने ? 

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
oli-modi-joke.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रदेश नम्बर २ मा स्वागतका क्रममा नेपालको झण्डाको आकार नै फरक भएको, रङ नै गलत प्रयोग गरिएको भन्दै आक्रोश बढ्दो छ । 

केन्द्र सरकारले मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिलाई लिएर समेत राजीनामा दिनुपर्ने दबाब दिएको छ । 

आक्रोश बढ्दै जाँदा स्पष्टिकरण समेत सोध्ने काम भएको छ । सरकारभित्र र बाहिर चरम आक्रोश बढ्दै जाँदा संघीय समाजवादी फोरमले मुख्यमन्त्रीको पूरै बचाउ गरेको छ भने अन्य दलहरुले विरोध गरेका छन् । 

राजपाले मौनता साँधेको छ । प्रदेश २ को सरकारले भने मुख्यमन्त्रीको बचाउ गरेको छ । 

मुख्यमन्त्रीको राजीनामा माग्दै गर्दा आन्तरिक मामिला मन्त्री विजय यादवले भने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिनु पर्ने माग गरेका छन् । 

उनले भने, ‘भारतीय प्रधानमन्त्रीको भ्रमणमा समयमा कुनै त्रुटी भएको भए त्यसको दोष प्रदेश सरकारले मात्र लिन्न केन्द्रदेखि लिनुुपर्छ, प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’

उनले भने, ‘भारतीय प्रधानमन्त्रीलाई बोलाउने काम केन्द्र सरकारले गरेको हो, केपी ओलीले गरेको हो, यदि गल्ती भयो भने त्यसको जिम्मा केन्द्रको पनि हुन्छ, एक्लै प्रदेश भागेदारी हुन्न ।’

यादवले त्रुटी स्वीकार्दै भने, ‘गल्ती भएको छ तर हतारमा हामीले त्यसलाई ध्यान दिन सकेनौं, यो केन्द्रदेखि प्रदेश र स्थानीय तहको सिंगो प्रयासले भएको हो, गल्तीको अपजश पनि सबैले लिनुपर्छ ।’

यादवले ‘सुरक्षादेखि प्रवन्धसम्मका लागि भन्दै गृहमन्त्री रामबहादुर थापा बादलदेखि रक्षामन्त्री ईश्वर पोखरेलसम्म आएकाले उहाँहरुले हेर्नु पर्दैनथ्यो  ?’ भने । 

प्रधानमन्त्री केपी शर्मा ओली पनि जानकी मन्दिरमा आउँदासमेत किन हेक्का गर्न नसकेको भनी यादवले प्रश्न गरे । 

केन्द्र सरकारले सुरक्षा र व्यवस्थापनका लागि भन्दै मन्त्रीहरुलाई हेलिकोप्टरमा खटाएको थियो । रक्षा मन्त्री र गृहमन्त्रीले दलबलसहित सयर गरेका थिए । तर उनीहरुले त्यसलाई हेक्का गर्न सकेनन् । 

अहिले मुख्यमन्त्रीमात्र तारो बनिरहेका छन् । हुनत मुख्यमन्त्री लालबाबु राउतले विवादित मन्तव्य पनि दिएका थिए । त्यसको विरोध एकातिर छ । तर झण्डाको विषयमा केपी ओली पनि नैतिक रुपमा जिम्मेवार छन् भन्ने निष्कर्षमा प्रदेश सरकार पुगेको छ । 

परराष्ट्रको मामिलामा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि चुकेका छन् । पाहुनालाई स्वागत गर्दा अपनाउनु पर्ने मर्यादामा उनी चुके । मुख्यमन्त्री लालबाबु राउत त केवल पात्र मात्र भए । सम्वोधनको खाका परराष्ट्रको हुनुपर्ने थियो । 

स्वागतको आचार परराष्ट्रले बनाउँछ । झण्डामा पनि परराष्ट्र चुक्यो । संसदको बैठकमा केवल बच्ने तरिकाले मात्र परराष्ट्र मन्त्री ज्ञवाली बोले । अब केन्द्र सरकारलाई प्रदेश २ का मुख्यमन्त्रीदेखि मेयर वा कुनै मन्त्रीलाई केही भन्ने हैसियत राखे र ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ