arrow

उत्रियो नेविसंघ देशरक्षाका लागि, आँखा लगाउनेलाई खवरदारी

बिहान त्रिचन्द्रमा चक्काजाम, दिउँसो दूतावासमा धर्ना 

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
andolan.jpg

काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले देशरक्षाका लागि उत्रिएको बताएको छ । 

भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित भाषण गरेपछि कार्वाहीको माग गर्दै नेविसंघ सडकमा उत्रिएको हो । 

मंगलबार बिहान राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम, जुलुस र र्याली गर्दै नेविसंघले अब देश रक्षाका लागि नेविसंघ मैदानमा उत्रिएको बताएको हो । 

सभालाई संवोधन गर्दै नेविसंघका महामन्त्री कुन्दन काफ्लेले आजादको भनाइ सार्वसत्ता सम्पन्न राष्ट्रमाथिको प्रहार हो भन्दै कार्वाही गर्नुपर्ने माग गरे । उनले भारतीय जनता पार्टीले पनि आजादलाई कार्वाही गर्न माग गर्दै नेपाल सरकारलाई कुटनीतिक तवरबाट कार्वाहीका लागि दवाव दिन माग गरे । 

काफ्लेले घटनाको घोर भर्सना गर्दै अब कसैले देशको सार्वभौममाथि आँच आउने कदम चाल्छ भने त्यसलाई नछाडिने बताएका छन् । 

उनले नेपालको स्वतन्त्रतामाथि आँखा लगाउनेलाई खवरदारीसमेत गरेका छन् । 

नेविसंघले आजादलाई कार्वाही गर्न नेपाल सरकारले भारत सरकारलाई कुटनितिक दवाब दिनु पर्ने मुख्य माग राखेर मंगलबार दिउँसो २ बजे भारतीय दूतावास  लैनचौरमा धर्ना दिने समेत जनाएको छ ।

यता, त्रिचन्द्रमा सडकमै विद्यार्थी उत्रदा ट्राफिक व्यवस्था केही बिग्रिए पनि कुनै समस्या भने नपरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारीको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । बिरोध कार्यक्रमलाई नेबि संघका उपाध्यक्ष नबिन राई, बिद्यार्थी नेताहरु दिपक भट्टराई, राम प्रसाद अधिकारी समेतले सम्बोधन गर्दै नेपाल र नेपालीको स्वतन्त्रता माथि कसैले पनि धावा बोले त्यसको बिरोधमा ससक्त भएर उत्रिने बताए ।  


Image may contain: 12 people, people smiling, people standing and outdoor

Image may contain: 34 people, people smiling, people sitting, crowd and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ