arrow

मोदीको नेपाल भ्रमण बीजेपीलाई फाप्यो, कर्नाटकमा 'बहुमत'

काँग्रेस ढल्यो 

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
bjp.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण फापेको छ । मोदीको पार्टी बीजेपीले कर्नाटक राज्यमा बहुमत ल्याएर सरकार बनाउने पक्का जस्तै देखिएको छ । 

कर्नाटकको २२४ सिटका लागि भएको निर्वाचनको मतदानमा बीजेपी ११७, काँग्रेस ६४, जेडीएस ३८ र अन्य ३ सिटमा अगाडि रहेको छ । 

दुई सिटका लागि भने हिंसाका कारण मतदान स्थगित गरिएको थियो । 

बीजेपी यसरी ठूलो फड्को मार्दै गर्दा बहुमतका आधारमा सरकार बनाउने पक्का जस्तै देखिएको छ । बहुमतका लागि ११३ सिट जिते पुग्नेछ । 

सन् २०१३ मा काँग्रेसले १२२ सिट जितेर सरकार बनाएको थियो । तर यसपटक काँग्रेस निकै खराव स्थितिबाट गुज्रेको छ । बीजेपीलाई भने निकै फाइदा पुगेको छ । नरेन्द्र मोदीको हिन्दूधर्मको प्रचारले कर्नाटकलाई फाइदा पुगेको हो । 

(११ः३० बजेसम्मको आँकडा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ