arrow

पैसाको राजनीतिले कांग्रेस धराशायी बनाएको पौडेलको आरोप

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
ramchandra-daju-news-aa.jpeg

कालिकोट। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  पैसाको राजनीतिले पार्टीलाई धराशयी बनाउँदै लगेको बताएका छन । पैसा प्रवृत्तिबाट मुक्त गरेर संघर्ष, त्याग, सिद्धान्त र योगदानका आधारमा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई नयाँ जीवन र उर्जा दिनुपर्ने वरिष्ठ नेता पौडेलले बताए  । उनले युवा पुस्ता र आधुनिक समयको जनताको चाहना अनुसाकार कार्यक्रम र नीति पार्टीले ल्याउनुपर्नेमा समेत जोड दिए ।   

कर्णालीमा कांग्रेस संगठन सृदृढीकरण अभियान अन्र्तगत मंगलवार कालिकोटका विभिन्न क्षेत्रमा आयोजित पार्टीका सभालाई संवोधन गर्दै वरिष्ठ नेता पौडेलले वामपन्थी शक्तिहरु मिलेका कारण भन्दा पनि कांग्रेस सरकारमा हुँदा लोकप्रिय काम गर्न नसक्दा पार्टीले हार व्योहोर्नुपरेको धारणा व्यक्त गरे ।

नेतृत्वलाई एकपक्षीय र एकलौर्टी ढंगबाट हिड्न दिन हुँदैन भन्दै वरिष्ठ नेता पौडेलले गल्ती कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए। वरिष्ठ नेता पौडेल सोमबार दैलेख र सुर्खेतमा नेपाली कांग्रेस पार्टीद्धारा आयोजित विभिन्न सभालाई संवोधन गर्दै कालिकोट आईपुगेका हुन । यसपछि वरिष्ठ नेता पौडेल जुम्ला र मुगु जानुहुने कार्यक्रम रहेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ