arrow

शान्तिपुर–झापा एकता समाजको संरक्षकमा ढुङ्गाना दम्पति

logo
गोपाल अधिकारी,
प्रकाशित २०७५ जेठ १ मंगलबार
santipur-1.jpg

झापा । शान्तिपुर–झापा एकता समाजको पहिलो बैठकले समाजको संरक्षकमा शिक्षा सेवी एवं समाजसेवी जयनारायण ढुङ्गाना र अञ्जना ढुङ्गानालाई चयन गरेको छ ।

सोमबार  साझा बिर्तामोडमा बसेको समाजको बैठकले इलामको शान्तिपुरमा जन्मिएका ढुङ्गानाले झापामा बसेर पनि शैक्षिक क्षेत्रमा ठूलो योग्दान पु्‍र्‍याउनुका साथै ढुङ्गाना दम्पत्तीले समाजको क्षेत्रमा धेरै उदाहरणीय कामहरु गरेको र साझा समाजमा अभिभवकको रुपमा उनीहरुलाई चयन गरिएको अध्यक्ष ज्ञानेन्द्र अधिकारीले जानकारी दिए ।

आफ्नो जन्मभूमीका साथै कर्मभूमीमा केही सामाजिक कार्य गर्नुपर्छ भन्ने उद्धेश्यका साथ गठन भएको समाजले शान्तिपुरमा जन्मिएर झापामा रहेका विभिन्न ११ जना अग्रजहरुलाई सल्लाहकारमा सर्वसम्मत चयन गरेको छ ।

जसमा खडानन्द वाग्ले,खगेन्द्र अधिकारी, श्याम कार्की, नारद खनाल, शैलेश भट्टराई,सुरेन्द्र दाहाल, कुमार आर्चाय, मुकुन्द ढकाल, नरेन्द्र तिम्सिना, देवराज रिमाल र कविता निरौला (भण्डारी) रहेका छन् । वर्खा याम सुरुभएसंगै विभिन्न प्रकृतिक विपत्तिहरु आउन सक्ने भएकाले तत्काल उद्धार तथा सम्बन्धित स्थानमा यथाशक्य राहत पुर्‍याउन सकियो भन्ने उद्धेश्यका साथ सबै पक्षलाई चनाखो रहन समेत आग्रह गरिएको छ ।

बैठकले विदेशीभूमीमा रहेर आफ्नो जन्मभूमी प्रति केही गरौं भन्ने उद्देश्यका साथ हेमु थापाले प्रदान गरेको रकमलाई स्वीकार गर्दै उनलाई धन्यवाद समेत दिइएको छ । जुनसुकै स्थानमा भएपनि शान्तिपुरमा जन्मिएको ब्यक्ति यो समाजमा आवद्ध हुन सक्ने भएकाले शान्तिपुर छाडेर अन्यत्र बस्दै आएका ब्यक्तिहरुलाई पनि यो समाजमा हातेमालो गरेर अघि बढ्न समाजका सचिव नरेन्द्र ढकालले आग्रह गरेका छन् ।

भौगोलिक हिसाबले विकट मानिएको तत्कालिन शान्तिपुर गाविसको विकासका साथै साझा समाजले सबै पक्षसंग आग्रह समेत गरेको छ । हाल रोङ गाँउपालिका–१ र २ नम्बर भएको उक्त स्थानको विकासका लागी राज्यले ध्यान दिनुपर्ने निकर्ष निकालिएको छ । बैठकले केही दिन अघि बलात्कारको प्रयासमा घाइते बनाइएकी वृद्धाको स्वास्थ्य उपचारमा सबै पक्षबाट सहयोग प्रप्त भएको भन्दै अपराधीलाई कडा कानुनको दायरामा ल्याउन माग समेत गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ