अर्घाखाँची । माओवादी नेता एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले बजेट जति सबै स्थानीय तह, त्यसपछि प्रदेश सरकारलाई दिएर संघलाई रित्तो बनाउन नहुने उनले बताए । संघ सरकार, मन्त्री र सांसदलाई पनि विकास योजना सहितका बजेटको व्यवस्था गर्नुपर्ने उनको धारणा छ । रिपोर्सर्ट क्लवले सन्धिखर्कमा गरेको साक्षात्कार कार्याक्रममा पूर्व उपप्रधानमन्त्री रायमाझीले सबै आ–आफनै ढंगले चल्दा संघीयता असफल हुनबाट रोक्न र गलत टयाकमा जान खोजेको शंका गर्दै उनले यसलाई रोक्नुपर्ने दावी गरे ।
स्थानीय तहका जनप्रतिनिधिलाई ठुलो आकारको बजेट र अधिकार, प्रदेश र संघीय संसदलाई बजेट विहीन बनाउँदा रिलेसनमा समस्या आएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशको आपसी सम्बन्ध थप बलियो भएको दावी गरे । शक्तिशाली राष्ट्र प्रमुख मोदीका पाकिस्तान लगायत क्षेत्रीय देश विरोधी बढदै गएको बताए । रायमाझीले आवश्यकता परेर चुनावमा तालमेल गरिएपछि पार्टी एकता सजिलो नभएको बताए । ‘भने जस्तो सजिलो पार्टी एकता छैन,’ उनले भने, ‘एकता असंभव पनि छैन । सम्मानजन हैसियतमा एकता गर्नुपर्छ ।’ उनले एकता कहिले हुन्छ मिति तोकिहाल्न नसकिने बताए ।
कार्यक्रममा कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानले मालारानी गाउँपालिकाको विजेट विनियोजन, क्रियाकलापमा चरम अत्याचार भएको दावी गरे । उनले पालिका अध्यक्ष बालकृष्ण आचार्यले आफुले गरेको गलत र पक्षपतापूर्ण गतिविधि नसुधारे छायाँ सरकार घोषणा गर्ने, पालिका कार्यालयमा धर्ना बस्ने बताए ।
एमाले जिल्ला सचिव रामबहादुर चौहानले वाम सरकारले मुलुकलाई सम्बृद्ध बनाउन मात्रै सक्ने दावी गरे । उनले मालारानीका अध्यक्षले गलत गरेको प्रमाण पाइएमा पार्टीले कारवाही गर्ने बताए ।
माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर विकले स्थानीय तहले गरेको काम राम्रो भएकाले सम्बृद्धिको यात्रामा सहभागी हुने सबैलाई आग्रह गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष झविलाल थापाले खेतबारी बाँझे नरोख्ने नीति बनाएर स्वरोजगारका कार्यक्रम अघि सारी सम्वृद्ध बनाउनुपर्ने बताए । उनले धार्मिक पर्यटकीय स्थल सुपादेउराली मान्दिरमा आएका पर्यटकलाई भुलाउन पर्यटकीय संरचना बनाउनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सम्बृद्ध बनाउन बसाइ सराई रोकेर उत्पादनमा सबै लाग्नुपर्ने बताए । हालै ५ नम्बर प्रदेशको राजधानी बुटवल सरुवा प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालालाई क्वलले विदाई गरेको छ ।
कार्यक्रममा अधिवक्ता जगन्नाथ भुसाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष हिम लेकाली लगायतले सम्बृद्ध जिल्ला बनाउन आ–आफनो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए । रासस