arrow

गुल्मीमा दलितलाई 'कु' नजरले हेरेमा कांग्रेसको पार्टी सदस्यता नरहने

logo
सुर्य खनाल,
प्रकाशित २०७५ जेठ १ मंगलबार
gulmi_district_map.png

गुल्मी ।  गुल्मी कांग्रेसले पहिलो चरणको तीन हप्ते कार्यक्रम सम्पन्न गरेको छ । तीन हप्ते कार्यक्रम अन्तर्गत जिल्लाका ९३ वटै वडामा पुगेर दलितहरुको घरमा बस्ने खाने र त्यहि काम गर्ने कार्यले सर्वत्र चर्चा बटुलेको छ । तर विपक्षीहरुले भने यसलाइ दलितको घरमा गएर बसेर हैन आफ्नो घरमा भित्राएर समानता ल्याउ भनेर चर्को टिप्पणी गरेका छन ।

 गुल्मी कांग्रेसको विशेष श्रोतका अनुसार विपक्षीको यस टिप्पणीलाई निमिट्यान्न हुने गरि र सामाजीका छुवावछुतको स्थानीय स्तरबाटै अन्त्यका लागी अवको चरणमा ९३ वटै वडामा व्राम्हण, क्षेत्री र जनजाती समुदायको घरमा दलित भित्राउने निर्णय गरेको समेत जानकारी दिएको छ ।

पछिल्लो समय सामाजीक विभेद अन्त्यका लागी नेपाली कांग्रेस गुल्मीले रात दिन कसरत गरेको र जव सम्म दलित हरु हेपीने प्रवृतिको अन्त्य हुदैन तव सम्म प्रतिक्रियाबादी हरु जति जलेपनि आफु लागी परिरहने गुल्मी कांग्रेस सचिव खिलध्वज पन्थीले  बताए ।

सचिव पन्थीले  भने 'पहिलो चरणमा गुल्मी कांग्रेसले दलितको घरमा बसेर त्यहाको समस्या बुझिसकेका छौ अव समस्या समाधानका लागी पनि नेपाली कांग्रेसको विकल्प छैन । विकास र समाझ सुधारका लागी अगुवाई गर्ने जीम्मा पाएका पार्टीहरुले दलित वर्ग,गरिव वर्ग र सामाजीक विभेदमा परेको वर्गलाई हेर्न नसकेपछि छाया नेतृत्वको रुपमा नेपाली कांग्रेस गुल्मी हुमिनुको विकल्प छैन ।'

'अझै पनि मठ मन्दीरमा दलित वर्गको पहुच हुन सकेको छैन अव हामी यो समस्या समाधानका लागी डटेर सामाना गर्दै छौ' पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले भने । उनले गुल्मीमा कुनै कांग्रेस कार्यक्रताले दलित वर्गलाइ कु नजरले हेरेमा वा विभेद गरेमा पार्टीको सदस्य समेत नरहने चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ