arrow

निर्माणाधीन आकासे पुल भत्किँदा १६ जनाको मृत्यु

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
fly-over-baranasi.jpg

काठमाडौं ।  उत्तर भारतको वाराणसीमा निमार्णाधीन आकासे पुल भत्किँदा १६ जनाको मृत्यु भएको छ । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा भएको उक्त दुर्घटनामा केहीको अवस्था गम्भीर छ । 

उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको उक्त पुलको स्ल्याब दुई दिनअघि जोड्नका लागि राखिएको थियो । जोड्ने काम भइरहँदा अचानक दुई स्ल्याब खसेका थिए । 

१० फिट चौडा दुई स्ल्याब खस्दा एक मिनिबस र ६ वटा कार च्यापिएको बताइएको छ । घटना क्यान्ट स्टेशनबाट १०० मिटर नजिक पर्दछ । 

यो क्षेत्र प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्र हो । 

घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ५ लाख र घाइतेलाई २ लाख भारतीय रुपैयाँ दिने निर्णय गरेका छन् । 

घटना जाँचका लागि एउटा समिति गठन गरिएको छ । ४८ घण्टाभित्र प्रतिवेदन दिन भनिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ