arrow

रद्द भयो उत्तर कोरिया र दक्षिण कोरियाबीचको वार्ता 

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
north-south-korea.jpg

काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाबीचको वार्ता रद्द भएको छ । उत्तर कोरियाले चरम असन्तुष्टि जनाउँदै उच्चस्तरीय वार्ता रद्द गरेको हो ।

उत्तर कोरियाली नेता किम जोन उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै त्यसप्रति असन्तुष्टी जनाउँदै वार्ता रद्द गरेका हुन् । 

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार दक्षिण कोरिया र अमेरिकाले उत्तेजना फैलाउने र आक्रमणका लागि दक्षिण कोरिया र अमेरिकाले तयारी गरिरहेको उत्तरको दाबी छ । 

योसंगै बुधबारै उच्चस्तरीय वार्ता गरी विगतमा दक्षिण र उत्तर कोरियाका दुई नेताबीच भएको ऐतिहासिक वार्ताका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्ने योजना अलमलमा परेको छ । 

उत्तर कोरियाको यो निर्णयले आगामी जुन १२ मा अमेरिकासँग हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ ।

उत्तर कोरियाको यो निर्णयप्रति दक्षिण कोरियाको कुनै प्रतिक्रिया आएको छैन ।

अमेरिकाले भने विश्व शान्तिका लागि प्रयास जारी रहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ