arrow

साढे २ घण्टापछि भेटियो मकालुको जहाज 

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
malalu-airlines-9naju.jpg

काठमाडौँ । सम्पर्कविहीन भएको साढे दुई घण्टापछि मकालु एयरलाइन्सको कार्गो जहाज भेटिएको छ । ९ एन एजेयु कलसाइन भएको उक्त जहाज बाजुरामा भेटिएको हो । 

बुधबार बिहान सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोटका लागि बुधबार बिहान ६ः१२ बजे उडेको उक्त जहाज ६ः५५ बजे सिमकोट अवतरण गर्नुपर्ने थियो।

जहाज कर्णाली नदीको किनारमा फोर्स ल्यान्डिङ गरिएको हो । जहाजमा खराबी आएपछि कर्णाली नदीको बगरमा आपतकालीन अवतरण गरिएको बताइएको छ । 

जहाजमा रहेका चालक दलका दुवै सदस्य सकुशल रहेका छन्। जहाजमा आएको खरावीबारे केही बताइएको छैन । 

चालकदलमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाली रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ