arrow

कर्नाटक चलखेलः बीजेपी  काँग्रेस र जेडीएसका सांसद किन्दै

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
jds.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकबाट काँग्रेस आई र जेडीएसका सांसद किनेरै भए पनि भारतीय जनता पार्टी बिजेपीले राज्य सरकार बनाउने प्रयास थालेको आरोप लागेको छ । 

बीजेपीले काँग्रेसको किल्ला तोडे पनि बहुमतको सरकार बनाउन नसक्ने देखिएपछि कुनै पनि हालतमा सरकार बनाउने उद्धेश्यले काँग्रेस र जेडीएसका सांसदहरु किन्न लागिपरेको आरोप स्वयं काँग्रेस–जेडीएसले लगाएको छ । 

कर्नाटकको निर्वाचनमा २२४ सिटमध्ये भएको २२२ सिटको निर्वाचनमा बीजेपीले १०४, काँग्रेसले ७८ र जेडीएस गठबन्धनले ३८ सिट ल्याएको छ । 

बहुमतसहित सरकार गठन गर्न ११३ सिट चाहिन्छ । तर काँग्रेसले समर्थन गर्ने भएपछि जेडीएसले सरकार बनाउनका लागि राज्य गभर्नरसमक्ष निवेदन दर्ता गराइसकेको छ । 

मंगलबार नै बीजेपीले पनि ठूलो दलको हैसियतले आफूले सरकार गठन गर्ने भन्दै निवेदन दर्ता गरेको छ । 

बुधबार बिहानसम्म काँग्रेस र जेडीएसका प्रमुखहरु आत्तिएको भावमा देखिएका छन् । उनीहरु आफ्ना सांसदहरु चोरिने सम्भावनाप्रति चिन्तित भएका हुन् । 

सत्ता संचालनका लागि तीन वटै दल सक्रिय भइरहँदा काँग्रेस सांसद किन्न बीजेपी लागिरहेको छ । काँग्रेस सांसद अमरेगौडा लिंगानागौडा पाटिल बाथ्यापुरले आफूलाई बीजेपी नेताको फोन आएको र साथ साथ चलेका खण्डमा मन्त्रालय दिने अफर गरेको बताए । 

काँग्रेस नेता डी शिवकुमारले बीजेपीसंग आफ्ना नेताहरु सम्पर्कमा रहेको स्वीकारेका छन् । उनले भने, ‘सबैले देखिरहेका छन् सजिलै हाम्रा कोही पनि साथीहरु बिक्री हुने वाला छैनन् ।’

गुलामा नबी आजादले बीजेपीसंग १०४ र काँग्रेस–जेडीएससंग ११७ सांसद भएकाले राज्यपालले सही फैसला गर्नुपर्ने बताएका छन् । 

जेडीएसले आफ्ना सबै नेता विश्वासिला भएको दाबी गर्दै बीजेपीको भुलभुलैयामा नपर्ने बताएको छ । कर्नाटकमा काँग्रेसको सर्मनाक हार भएको छ । सन् २०१३ मा १२२ सिटमा रहेको काँग्रेस अहिले आएर ७८ सिटमा खुम्चेको हो । 

मोदीको बीजेपी २०१३ मा ४० सिट रहेकामा अहिले ६४ सिट बढेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ