arrow

उत्तर कोरियाको कडा चेतावनी– ‘परमाणु हतियार त्याग्ने जिद्दी गरे किम–ट्रम्प वार्ता हुन सक्दैन’

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
america-north-korea.jpg

काठमाडौं । उत्तर कोरियाले न्युक्लियर हतियार त्याग्नका लागि लगातार दबाब दिने कामलाई जारी राखेको खण्डमा डोनाल्ड ट्रम्प र किम जोन उनको बीचमा हुन गइरहेको वार्ता रद्द हुने चेतावनी दिएको छ । 

आगामी जुन १२ मा दुई नेताहरुको बीचमा वार्ता हुने कार्यक्रम तय भइसकेको अवस्थामा उत्तर कोरियाले यस्तो चेतावनी दिएको हो । उत्तर कोरियाका उप विदेशमन्त्रीले अमेरिकाले उत्तर कोरियाको विषयमा अस्वाभाविक बयानहरु दिँदै आएको र उसको नियत पनि सही नभएको आरोप लगाएका हुन् । 

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले दिएको बयानप्रति उत्तर कोरियाले आपत्ति प्रकट गरेको हो । उनले उत्तर कोरिया अहिले लिबियाको मोडलको न्युक्लियर हतियार निर्माणको दिशामा अघि बढिरहेको बताएका थिए । 

यस विषयमा प्रतिक्रिया दिँदै उत्तर कोरियाले यो कुनै पनि मुलुकको लागि वार्तामा बस्दाको समयमा उल्लेख गर्नुपर्ने विषय नरहेको र यसले वार्ता हुन नदिने बताएको हो । 

अमेरिकाले आफ्नो शक्तिको प्रयोग गरेर लिबिया वा इराकजस्ता मुलुकहरुलाई ध्वस्त पारेको र सोही सूचीमा उत्तर कोरियालाई राख्न खोजेको भन्दै उत्तर कोरियाले आपत्ति प्रकट गरेको हो । 

अमेरिकाका तर्फबाट आएको यस किसिमको अभिव्यक्ति आफ्नो स्वाभिमानमा आँच पुग्ने किसिमको रहेको उत्तर कोरियाले बताएको छ । 

यसअघि उत्तर कोरियाले कोरिया प्रायद्वीपबाट न्युक्लियर हतियार विस्थापित गरिने प्रतिबद्धता व्यक्त गरेको थियो । साथै यस महिनाको अन्तिममा आफ्नो प्रमुख न्युक्लियर साइट नष्ट गर्नका लागि उत्तर कोरियाले अन्तर्राष्ट्रिय मिडियाहरुलाई पनि बोलाएको थियो । 

यस्तोमा बुधबार उत्तर कोरियाली नेता नेता किम जोन उनले अमेरिकाले लगातार रुपमा न्युक्लियर हतियारको माग गरेको खण्डमा भने यसलाई स्वीकार गर्न नसकिने बताएका हुन् । 

उनले यो सम्मेलनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने आफ्नो पनि चाहना रहेको तर सम्मेलन हुनुभन्दा अगाडि यस किसिमको अमेरिकाको अभिव्यक्ति आउनु दुर्भाग्य रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ