arrow

मकालु जहाज दुर्घटनाः दुवै पाइलटको मृत्यु [अपडेट]

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
makalu-accident.jpg

काठमाडौँ । मकालु एयरको जहाज दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । जहाज बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटनाग्रस्त भएको हो । 

जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी सुरेश शाहले हाम्राकुरालाई बताए । 

उनले जहाज (९ एन एजेयु कलसाइन भएको) बिहान ६ः१२ बजे सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमिकोटका लागि उडेको र ६ः४० देखि सम्पर्कविहीन भएकाले खुशी गर्दा बिहान १०ः२५ बजेमात्र फेला पार्न सकिएको बताए । 

डीआइजी शाहले विमान तीन टुक्रा भएको अवस्थामा फेला परेकाले दुर्घटना हुना साथै दुवै पाइलटको ज्यान गएको हुनसक्ने बताए । उनले भने, ‘तत्काल उद्दार गरेको भए पनि पाइलटहरु बाँच्न सक्ने स्थिति घटनाको प्रकृति हेर्दा देखिँदैन ।’

दुवै शव बोकेर हेलिकोप्टर घटनास्थलबाट उडिसकेको पनि डीआइजी शाहले जानकारी दिए ।

घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा भएको हो । 

यसअघि भने विमान बाजुरामा भेटिएको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको थियो । जुन गलत सूचनाका कारण संचारमाध्यम झुक्काइएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ